पत्रकार महासङ्घ रुपन्देहीमा तालाबन्दी
आइतबार, १४ साउन २०८०, १५ : ००
रुपन्देही । नेपाल पत्रकार महासङ्घ रुपन्देहीमा नयाँ सदस्यता वितरणप्रति असहमति जनाउँदै प्रेस चौतारीले ताला लगाएको छ ।
पत्रकार महासङ्घले नयाँ सदस्यको सम्बन्धमा गरेको निर्णयमा असहमति जनाउँदै चौतारीले आज महासङ्घको कार्यालयमा तालाबन्दी गरेको हो ।
महासङ्घको साउन ६ गते बसेको बैठकले ३० जनालाई नयाँ सदस्यता दिने निर्णय गरेको थियो । उक्त निर्णयमा सच्चाउन माग गर्दै चौतारी लगायत संस्थाहरूले उजुरी दिँदा पनि महासङ्घ समस्या समाधानमा उदासीन भएकाले तालाबन्दी गर्नुपरेको प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलले बताए । सङ्गठनले उठाएका जायज मागहरू सम्बोधन नभएसम्म तालाबन्दी गरिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालीकोटमा व्यावसायिक प्रतिष्ठानको सङ्ख्या उल्लेखनीय वृद्धि
-
सरकारको हनिमुन पिरियड सकियोः जस्तो थियो उस्तै छ फेवाताल
-
अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक समितिमा
-
५४ वर्षसम्म पनि डुम्रे–बेँसीसहर सडक स्तरोन्नति हुन सकेन
-
१९ दिनमा साढे ४० हजार मेट्रिकटन मल आपूर्ति
-
‘सरकारले देशलाई सही दिशा दिन सकेको देखिँदैन, प्राविधिक सुधार चाहिँ राम्रै छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण