आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

वडाध्यक्षका छोराछोरीलाई सामुदायिक विद्यालयमा अनिवार्य पढाउनुपर्ने नियम बनौँ : नेविसंघ अध्यक्ष शेर्पा

आइतबार, १४ साउन २०८०, १५ : ४६
आइतबार, १४ साउन २०८०

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ)का अध्यक्ष दुजाङ शेर्पाले वडाध्यक्षका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने नियम बनाउन माग गरेका छन् ।

नेविसंघ अध्यक्ष शेर्पाले सामुदायिक विद्यालयहरूको व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी  वडाध्यक्षका दिने कुरामा समर्थन जनाउँदै उनले यस्तो बताएका हुन् ।

वडा अध्यक्षलाई व्यवस्थापन समितिको जिम्मा दिइएपछि समितिको अनुगम कसले गर्ने भन्ने पनि स्पष्ट गर्नुपर्नेमा शेर्पाको भनाइ छ ।

‘सामुदायिक विद्यालयहरुको व्यवस्थापन समितिको अध्यक्ष वडाध्यक्ष बन्ने मात्र होइन उक्त वडाध्यक्षको छोराछोरी पनि सोही सामुदायिक विद्यालयमा पढ्नुपर्ने नियम बनाउनु पर्छ, अध्यक्ष शेर्पाले भने,’ वडाध्यक्ष स्वयं उक्त समितिको अध्यक्ष भएपछि कामकारबाहीको बारेमा अनुगमन गर्ने निकाय को हुने भन्ने पनि स्पष्ट हुन आवश्यक छ ।’

काठमाडौँ महानगरपालिकाले महानगरभित्र रहेका सबै सामुदायिक विद्यालयका व्यवस्थापन समितिको जिम्मा वडाध्यक्षलाई दिने तयारी थालेको छ ।

असार ३० मा बसेको नगरसभा बैठकले विद्यालय व्यवस्थापन समिति भंग गरेर सम्बन्धित वडाध्यक्षलाई अध्यक्षको जिम्मेवारी दिने प्रस्ताव पारित गराएको थियो । यसको समर्थन र आलोचना दुवै भइरहेका बेला नेविसंघ सभापतिले वडाध्यक्षका छोराछोरी पनि सामुदायिक विद्यालयमा पढाउनुपर्ने नियम बनाउनुपर्ने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप