वडाध्यक्षका छोराछोरीलाई सामुदायिक विद्यालयमा अनिवार्य पढाउनुपर्ने नियम बनौँ : नेविसंघ अध्यक्ष शेर्पा
काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ)का अध्यक्ष दुजाङ शेर्पाले वडाध्यक्षका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने नियम बनाउन माग गरेका छन् ।
नेविसंघ अध्यक्ष शेर्पाले सामुदायिक विद्यालयहरूको व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी वडाध्यक्षका दिने कुरामा समर्थन जनाउँदै उनले यस्तो बताएका हुन् ।
वडा अध्यक्षलाई व्यवस्थापन समितिको जिम्मा दिइएपछि समितिको अनुगम कसले गर्ने भन्ने पनि स्पष्ट गर्नुपर्नेमा शेर्पाको भनाइ छ ।
‘सामुदायिक विद्यालयहरुको व्यवस्थापन समितिको अध्यक्ष वडाध्यक्ष बन्ने मात्र होइन उक्त वडाध्यक्षको छोराछोरी पनि सोही सामुदायिक विद्यालयमा पढ्नुपर्ने नियम बनाउनु पर्छ, अध्यक्ष शेर्पाले भने,’ वडाध्यक्ष स्वयं उक्त समितिको अध्यक्ष भएपछि कामकारबाहीको बारेमा अनुगमन गर्ने निकाय को हुने भन्ने पनि स्पष्ट हुन आवश्यक छ ।’
काठमाडौँ महानगरपालिकाले महानगरभित्र रहेका सबै सामुदायिक विद्यालयका व्यवस्थापन समितिको जिम्मा वडाध्यक्षलाई दिने तयारी थालेको छ ।
असार ३० मा बसेको नगरसभा बैठकले विद्यालय व्यवस्थापन समिति भंग गरेर सम्बन्धित वडाध्यक्षलाई अध्यक्षको जिम्मेवारी दिने प्रस्ताव पारित गराएको थियो । यसको समर्थन र आलोचना दुवै भइरहेका बेला नेविसंघ सभापतिले वडाध्यक्षका छोराछोरी पनि सामुदायिक विद्यालयमा पढाउनुपर्ने नियम बनाउनुपर्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण