मधेशवादी दलहरुले मसँग धोखाधडी गरे : रेशम चौधरी

जनकपुरधाम । नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवम् नेता रेशमलाल चौधरीले मधेशवादी दलहरुले आफुसँग धोखाधडी गरेको आरोप लगाएका छन् । आइतवार जनकपुरधाममा आयोजित नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता चौधरीले सो आरोप लगाएका हुन् ।
नेता चौधरीले आफू साढे ८ वर्षसम्म जेलमा बस्दा मधेशवादी दलले आफूलाई स्वीकार गर्न नमानेपनि चुनावमा आफ्नो नाम भजाउने काम मात्र गरेको आरोप लगाए । आफूलाई जेलबाट रिहा गर्ने विषयमा उनीहरुले भाषण मात्र गरेको र व्यवहारमा कुनै पनि काम गर्न नसकेको उनको भनाइ छ ।
मधेशी दलका नेताहरुको चरित्र बुझेपछि आफूले जेल बसाईकै क्रममा नागरिक उन्मुक्ति पार्टी गठन गरेको बताउँदै चौधरीले थरुहट प्रदेशमा १६ सांसद जित्न सफल भएको भन्दै खुसी व्यक्त गरे । अगामी निर्वाचनमा आफ्नो पार्टीले अत्यधिक मतले जितेर मधेश प्रदेश सरकारको नेतृत्व गर्ने समेत उनले दाबी गरे ।
‘नेपाल सद्भावना पार्टी मात्र होइन, दुई–चारवटा मधेशवादी दलहरु अझै सम्पर्कमा छन्,’ उनले भने, ‘उनीहरुसँग पनि एकीकरण गरी आउँदो निर्वाचनमा मधेशमा नागरिक उन्मुक्ति पार्टीले आफ्नो सरकार बनाउनेछ ।
कार्यक्रममा नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले मधेसका केही नेताले चौधरीको रिहाई र न्यायका लागि केही काम नगरी चुनावमा नाम भजाउने मात्र गरेको आरोप लगाए । नागरिक उन्मुक्ति पार्टी थारुहरुको हकहित मात्रै होइन मधेशी जनताको उन्मुक्तिका लागि समेत सक्रिय रहने बुझेर आफुहरुले पार्टी एकीकरण गरेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको बेङ्लोरका दर्जनौं विद्यालयमा बम राखेको ‘अफबाह’ फैलिएपछि....
-
अस्थायी आवासका लागि आज रु २४ करोड पठाइयो
-
निर्देशक पद गएपछि पौडेलको आक्रोशः राणा शासन भन्दा कडा अधिनायकवाद
-
देशलाई भ्रष्टाचार मुक्त बनाउन आवश्यक : कोइराला
-
पूर्वी नेपालमा बढ्यो हात्ती आङ्तक
-
महिला र बालिकालाई भारतमा बिक्री गरेको आरोपमा एक महिला पक्राउ