मधेशवादी दलहरुले मसँग धोखाधडी गरे : रेशम चौधरी
जनकपुरधाम । नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवम् नेता रेशमलाल चौधरीले मधेशवादी दलहरुले आफुसँग धोखाधडी गरेको आरोप लगाएका छन् । आइतवार जनकपुरधाममा आयोजित नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता चौधरीले सो आरोप लगाएका हुन् ।
नेता चौधरीले आफू साढे ८ वर्षसम्म जेलमा बस्दा मधेशवादी दलले आफूलाई स्वीकार गर्न नमानेपनि चुनावमा आफ्नो नाम भजाउने काम मात्र गरेको आरोप लगाए । आफूलाई जेलबाट रिहा गर्ने विषयमा उनीहरुले भाषण मात्र गरेको र व्यवहारमा कुनै पनि काम गर्न नसकेको उनको भनाइ छ ।
मधेशी दलका नेताहरुको चरित्र बुझेपछि आफूले जेल बसाईकै क्रममा नागरिक उन्मुक्ति पार्टी गठन गरेको बताउँदै चौधरीले थरुहट प्रदेशमा १६ सांसद जित्न सफल भएको भन्दै खुसी व्यक्त गरे । अगामी निर्वाचनमा आफ्नो पार्टीले अत्यधिक मतले जितेर मधेश प्रदेश सरकारको नेतृत्व गर्ने समेत उनले दाबी गरे ।
‘नेपाल सद्भावना पार्टी मात्र होइन, दुई–चारवटा मधेशवादी दलहरु अझै सम्पर्कमा छन्,’ उनले भने, ‘उनीहरुसँग पनि एकीकरण गरी आउँदो निर्वाचनमा मधेशमा नागरिक उन्मुक्ति पार्टीले आफ्नो सरकार बनाउनेछ ।
कार्यक्रममा नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले मधेसका केही नेताले चौधरीको रिहाई र न्यायका लागि केही काम नगरी चुनावमा नाम भजाउने मात्र गरेको आरोप लगाए । नागरिक उन्मुक्ति पार्टी थारुहरुको हकहित मात्रै होइन मधेशी जनताको उन्मुक्तिका लागि समेत सक्रिय रहने बुझेर आफुहरुले पार्टी एकीकरण गरेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण