कर्णाली प्रदेशसभा नियमावली संशोधन गर्न समिति गठन
सुर्खेत। कर्णाली प्रदेशसभा नियमावलीलाई संशोधन गर्नका लागि समिति गठन भएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा कांग्रेस सांसद हिक्मतबहादुर विष्टले संशोधन समितिका लागि प्रस्ताव पेश गरेका हुन् ।
जसमा नेकपा एमालेले पनि समर्थन जनाएको छ । एमाले सांसद टेकराज पछाईले समर्थन जनाए । प्रदेशसभा नियमावली समयानुकूल संशोधन हुन बाञ्छनीय भएकोले समिति गठन हुन आवश्यक रहेको बताइएको छ ।
उक्त समितिले अबको तीन महिनाभित्र कार्य सम्पन्न गर्ने जनाएको छ । नियम २३६ बमोजिम उपनियम ३ बमोजिम गठित समितिको सदस्यमा कल्याणी खड्का, टेकराज पछाई, देवेन्द्र शाही, पुर्णबहादु खत्री, महेन्द्र केसी, रनसिंह परियार, विनोदकुमार शाह, सन्तोषी शाही र हिक्मतबहादुर विष्ट रहेका छन् ।
नियमावली संशोधन समिति गठनका लागि संसदमा प्रस्ताव भई निर्णयार्थ प्रस्तुत भएको थियो । प्रस्तुत प्रस्तावलाई संसदको बहुमत सदस्यद्वारा अनुमोदन भएको सभामुख नन्दा गुरुङले जानकारी गराएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण