मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

रुकुम पश्चिममा पहिरोमा परेर २ जनाको मृत्यु

आइतबार, १४ साउन २०८०, २० : ५८
आइतबार, १४ साउन २०८०

रुकुम पश्चिम । रुकुम पश्चिममा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–७ बाँसथलास्थित पोखरापरी भिरमा घाँस काट्न गएका दुई जनाको पहिरो खस्दा मृत्यु भएको हो ।

 पहिरोमा परी एक जना घाइते भएका छन् । आज दिउँसो पौने तीन बजेको समयमा घाँस काट्न गएका बाँफिकोट गाउँपालिका–७ की ५४ वर्षीया धनमाया खत्री र सोही ठाँउका ४४ वर्षीय कालिबहादुर खड्काको पहिरोमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भटराईले जानकारी दिए । उनीहरुको घटनास्थलमै मृत्य भएको हो । 

त्यस्तै बाँफिकोट–७ कै ४२ वर्षीया बलकुमारी खत्री घाइते भएका छन् । खत्रीलाई उपचारका लागि अस्पताल पठाइएको प्रनाउ भटराईले बताए । घाँस काट्ने क्रममा टेकेको ठाउँ भासिएर तीन जना पहिरोसँगै खसेको उनको भनाइ छ । तीनै जना करिव पाँच सय मिटर तल खसेको र ढुङ्गाले च्यापिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप