फिलिपिन्स पाइलट पढेका दुई नेपाली विद्यार्थीले पाए अवार्ड

काठमाडौँ । फिलिपिन्समा पाइलट पढेका दुई नेपाली विद्यार्थीले उत्कृष्ट अवार्ड पाएका छन् । फिलिपिन्सको एसियन इन्स्ट्च्यिुड अफ एभिएसन-प्लान्टर एभिएसन कर्पोरेशनले पाइलट पढेका अस्मि लम्साल र आकांक्षा नकर्मी अवार्डबाट सम्मान गरेको हो ।
क्याप्टेन लम्साललाई उत्कृष्ट विद्यार्थीको अवार्ड प्रदान गरेको छ । जसलाई ‘टप गन अवार्ड’ भनिएको छ । त्यस्तै क्याप्टेन नकर्मीलाई ‘जेप्सेन अवार्ड’बाट सम्मानित गरिएको हो ।
सन् २०२२ मा पाइलटको ट्रेनिङका लागि फिलिपिन्स पुगेका उनीहरूलाई उक्त अवार्डबाट सम्मानित गरिएको हो । ट्रेनिङ पुरा गरेका पाइलटहरूलाई इन्स्ट्यिच्युडले दीक्षित गरेको छ । दीक्षान्त समारोह गर्दै २२ जना नेपाली विद्यार्थीहरूसहित विभिन्न देशका विद्यार्थीहरू दीक्षित भएका छन् ।
उक्त कार्यक्रममा थुप्रै नेपाली पाइलटहरूले विभिन्न अवार्ड समेत पाएका छन् । सबिना विके खड्कालाई ‘एमेलीय एयरहर्ट अवार्ड’, शोभित पौडेललाई ‘प्ल्याक एप्रिसिएन’ बाट सम्मानित गरिएको छ । सविनालाई प्रदान गरिएको उक्त अवार्ड पहिलो महिला पाइलटका लागि प्रदान गरिने सम्मान हो । पौडेलले स्कुललाई पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै विशेष सम्मान प्रदान गरेको हो । उनले आफ्नो भ्ल्ग मार्फत एभिएसन क्षेत्रको विषयमा जानकारी दिँदै आएका छन् ।
त्यस्तै रामचन्द्र बराललाई ‘मोस्ट इम्प्रुभ्ड,’, सागर पन्त र यस सेनलाई ‘राईट ब्रदर्शन अवार्ड’ बाट सम्मान गरेको छ ।
फिलिपिन्सको सरकारी पाइलट ट्रेनिङ दिने उक्त इन्स्ट्च्यिुडमा थुप्रै विदेशी विद्यार्थीहरू पाइलटको ट्रेनिङ लिन जाने गरेका छन् । जसमा नेपाली विद्यार्थीहरू पनि प्रमुख प्राथमिकतमा पर्ने गरेका छन् । उक्त स्कुलको लागि नेपालको आधिकारिक प्रतिनिधि काठमाडौँ एलायन्स रहेको छ । काठमाडौँ एलायन्समार्फत धेरै नेपाली विद्यार्थी पाइलटको ट्रेनिङ लिनको लागि फिलिपिन्स जाने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्ला नसुनौं : बोर्ड
-
१२ बजे, १२ समाचार : भारतको ‘किट’ विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेलादेखि गृह मन्त्रालयमा मनपरीसम्म
-
रेशमलाई थुनामा पठाउन अनधिकृत पत्र लेख्ने विष्टलाई के हुन्छ कारबाही ?
-
किट विश्वविद्यालयमा नेपाली छात्रा मृत्यु प्रकरण : परिवार राति नै भारत जाँदै
-
रविन्द्र मिश्र लगायतका नेतालाई रिहाइ गर्न माग गर्दै रिले अनशन बस्ने
-
पोखरामा ‘लायन्स कप’ भलिबल : नेपाल पुलिस र इरानी टोली विजयी