राजनीति
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा वार्ता
सोमबार, १५ साउन २०८०, १० : ४१
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ ।
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । संवैधानिक परिषद् बैठक बस्नु एक दिन अघि सोमबार दुई नेताबीच भेटवार्ता हुनुलाई महत्वका साथ हेरिएको छ ।
प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली बीच भेटवार्तामा मुख्यतः सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउनेका साथै संसद्लाई प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० देखि अनिवार्य अवकाशमा जान लागेका छन् । यसअघि आइतबार पनि ओली, प्रचण्ड र शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
-
केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण