मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

ठूलो धनराशीमा म्यान युनाइटेड र एडिडासबीच सहकार्य सम्झौता

सोमबार, १५ साउन २०८०, १६ : ५१
सोमबार, १५ साउन २०८०

काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले खेलकुद सामाग्री उत्पादक कम्पनी एडिडाससँग आगामी १० वर्षका लागि सम्झौता नविकरण गर्ने निणर्य लिएको छ । म्यानचेस्टर युनाइटेडले ९० करोड पाउन्ड (करिब एक खर्ब ५२ अर्ब ६ करोड ४० लाख रुपैयाँ) मा सम्झौता नविकरण गर्ने निणर्य लिएको हो । 

नयाँ सम्झौतापछि म्यानचेस्टर युनाइटेड र एडिडासबीच सन् २०३५ सम्मका लागि सहकार्य हुनेछ । यसअघि म्यानचेस्टर युनाइटेड र जर्मनीको खेलकुद पोशाक उत्पादक कम्पनी एडिडासबीच सात करोड ५० लाख पाउन्डमा १० वर्षका लागि सम्झौता भएको थियो । 

पछिल्लो समय म्यानचेस्टर युनाइटेडका अमेरिकी मालिक ग्लाजर परिवारले क्लब बेच्ने तयारी गरिरहेको समाचार प्रकाशमा आएको छ । अहिले म्यानचेस्टर युनाइटेडको अधिकांश शेयर अमेरिकी ब्यवसायी ग्लाजरका ६ वटा सन्तान अब्राम, बार्यन, डार्सी, एडवार्ड, जोल र केभिनको नाममा रहेको छ ।

‘म्यानचेस्टर युनाइटेड र एडिडासबीचको सम्बन्ध विश्व खेलकुदकै लागि उदाहरणीय रहँदै आएको छ,’ म्यानचेस्टर युनाइटेडका प्रमुख कार्यकारी रिचर्ड आर्नोल्डले भनेका छन् । म्यानचेस्टर युनाइटेड र एडिडासबीच पहिलो पटक सन् १९८० मा सम्बन्ध जोडिएको थियो । 

सबैभन्दा पहिले सन् १९८० देखि सन् १९९२ सम्म एडिडासले म्यानचेस्टर युनाइटेडका लागि खेलकुद सामाग्री उपलब्ध गराउँदै आएको थियो । त्यसपछि केही समयका लागि उनीहरुको सम्झौता नविकरण भएको थिएन । सन् २०१५–१६ सिजनपछि पुनः यी दुईबीच सहकार्य सुरु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप