संसद् भवनमा कार्यव्यवस्था परामर्श समितिको बैठक
मङ्गलबार, १६ साउन २०८०, १२ : ३०

काठमाडौँ । कार्यव्यवस्था परामर्श समितिको बैठक संसद् भवन बानेश्वरमा जारी छ । सदनको अवरोध खुलाउने विषयमा कार्यव्यवस्था परामर्श समितिको बैठक छलफल भइरहेको छ ।
संसद्को अवरोध खोल्न यसअघि पनि सभामुख देवराज घिमिरेले दलका शीर्ष नेताहरूलाई आग्रह गरेका थिए । पटक पटक सूचना टाँसेर सदन स्थगित गर्दा संसदीय अभ्यासमा गलत नजिर बस्नेतर्फ शीर्ष नेताहरूलाई घिमिरेले स्मरण गराएका थिए ।
सदन अवरोध खोल्ने विषयमा सोमबार पनि प्रधानमन्त्री, विपक्षी दलका नेता, गृहमन्त्री, प्रमुख सचेतक र सचेतकहरूसँग सभामुख घिमिरेले पटक पटक छलफल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपाल : चार जिल्ला समितिको अधिवेशन कार्यतालिका सार्वजनिक
-
बार्सिलोनाका मार्टिनेज भन्छन्, ‘उनले मेरो कानमा आएर खुसीयाली मनाए तर, मैले थुकेको हाेइन’
-
‘राज्यसत्तासम्म दलितको पहुँच पुगेन, उनीहरूलाई जे गरे पनि हुन्छ भन्ने सोच छ’
-
रेबिज लागेर एक जनाको मृत्यु
-
‘मानिसहरूमा मानवता हराएजस्तो देखियो’
-
बेन्जेमाको अल–ईत्तिहादले रोनाल्डोको अल–नासरलाई हरायो