बुढानीलकण्ठमा चक्कु प्रहार गरेर युवतीको हत्या
मङ्गलबार, १६ साउन २०८०, १७ : १८
काठमाडौं । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–४ स्थित भसुन्थलीमा युवतीको हत्या भएको छ । चक्कु प्रहार गरेर सप्तरी घर भएर बुढानीलकण्ठ बस्ने २८ वर्षीया अनिता चौधरीको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
हत्यामा संलग्न आरोपमा ५२ वर्षीय गौरासिंह बोहरालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी अनिल अधिकारीले रातोपाटीलाई बताए । साउन १४ मा बोहराले अनितालाई चक्कु प्रहार गरेका थिए । उपचारको क्रममा शिक्षण अस्पतालमा उनको मृत्यु भएको हो ।
छिमेकमा बस्ने बोहराले राति साढे ९ बजेतिर अनितालाई चक्कु प्रहार गरेको अनुसन्धानबाट थाहा भएको छ । घटनाबारे अनुसन्धान भइरहेको डिएसपी अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण