मन्थनमा माओवादी
माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु
बुधबार, १७ साउन २०८०, ०८ : २४
काठमाडौं । केन्द्रीय कमिटीको एजेण्डा पारित गर्न नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले राजनीति र संगठनात्मक प्रतिवेदन पारित गर्ने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।
यसअघि पदाधिकारी बैठकमा पटक पटक छलफल, सुझाव र सल्लाहसहितको प्रतिवेदन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बुझाइएको थियो । सो प्रतिवेदनलाई प्रचण्डले अन्तिम रूप दिएपछि पदाधिकारी बैठकले अनुमोदन गर्न लागिएको हो ।
केन्द्रीय समिति बैठक बिहान ११ बजे प्रज्ञाभवन कमलादीमा बस्दैछ । ५ दिनसम्म सञ्चालन हुने बैठकले संगठनात्मक स्वरूप, आगामी कार्यदिशा, कार्यक्रम, विधान सम्मेलनबारे निर्णय गर्ने उपाध्यायले बताए । माओवादी केन्द्रले केन्द्रीय समिति बैठक पहिलोपटक लाइभ गर्न लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
-
तुलसी अधिकारीको थुनछेक बहस सुरु
-
कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण