माओवादी केन्द्रीय समिति बैठक
नेताहरूले असन्तुष्टि जनाएपछि माओवादीले केन्द्रीय कमिटी बैठक लाइभ नगर्ने
बुधबार, १७ साउन २०८०, १० : २२
काठमाडौँ । माओवादी केन्द्रीय समिति बैठक लाइभ (प्रत्यक्ष प्रसारण) नगर्ने भएको छ ।
यसअघि पदाधिकारी बैठकले केन्द्रीय कमिटी बैठक लाइभ गर्ने निर्णय गरेको थियो । तर बैठक लाइभ गर्ने सम्बन्धमा अधिकांश नेताहरूले असन्तुष्टि जनाएपछि स्थगित गरेको हो ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले लाइभ स्थगित गर्ने निर्णय गरेको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।
केन्द्रीय समितिको एजेन्डा लगायत विषयमा बैठक जारी रहेको उनले बताए । केन्द्रीय समिति बैठक दिउँसाे १ बजेपछि प्रज्ञा भवन कमलादीमा सुरु हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
-
तुलसी अधिकारीको थुनछेक बहस सुरु
-
कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण