चन्द्रागिरि हिल्सले मनायो १४औँ वार्षिकोत्सव
काठमाडौँ । चन्द्रागिरि हिल्सले १४ औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीको व्यवस्थापक समूहले अध्यक्ष हेमराज ढकालको अध्यक्षता एवं संचालक समितिका सदस्यहरुको मुख्य आतिथ्यतामा एक दिने कार्यक्रम सम्पन्न गरिएको छ ।
समारोहमा कम्पनीको तर्फबाट आयोजना गरिएका विभिन्न ६ वटा विधाहरू मध्येबाट उत्कृष्ट हुने विजेता तथा उप विजेताहरूलाई कम्पनीका अध्यक्षले प्रमाणपत्र तथा ट्रफी वितरण गरि हौसला प्रदान गरेका थिए ।
त्यसैगरि सोही अवसरमा कम्पनीमा ५ वर्ष सेवा अवधि पुगेका, यस वर्षको अवधि भरीमा सबै भन्दा राम्रो उत्कृष्ट कार्य गरि उदाहरणीय बन्न सफल भएका ४ जान कर्मचारीहरुलाई प्रमाणपत्र, चाँदीको लकेट ,एक रातको लागि परिवार सहित निशुल्क रिसोर्ट बस्ने भौचर कुपन समेत प्रदान गरिएको थियो ।
यस्तै कम्पनीमा कार्यरत एक्जुकेटिभ तहका दुई जना कर्मचारीहरुलाई तोकिएको आफ्नो जिम्मेवारी अनुसारको काम गर्न सफल भएकामा प्रमाणपत्र तथा घरमा प्रयोग हुने खालको उपहार दिई अध्यक्षबाट सम्मान गरिएको थियो ।
कार्यक्रमको अन्त्यमा विभिन्न किसिमको सास्कृतिक कार्यक्रम संचालन गरि मनोरञ्जन प्रदान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण