बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

अनलाइन सपिङलाई थप सुरक्षित बनाउन इसेवाले ल्यायो ‘eScrow’ सुविधा

बुधबार, १७ साउन २०८०, १३ : ४५
बुधबार, १७ साउन २०८०

काठमाडौँ । तपाईं कुनै अनलाइन माध्यमबाट केही सामग्री खरिद तथा विक्री गर्दै हुनुहुन्छ? विक्रेताले लाई सामग्रीको भुक्तानी नहुने तथा ग्राहकहरुलाई अग्रिम भुक्तानी गरिने तर भनेको जस्तो सामग्री नपाउने, समयमै सामग्रीको डेलिभरी नहुने र अग्रिम भुक्तानी गरेपछि विक्रेता सम्पर्क बिहिन हुने जस्ता समस्याहरु ग्राहक र विक्रेताहरुमा अनलाइन सपिङ गर्दा हुनसक्छ । दुवै पक्षको यस्तो डर हटाउन र अनलाइन सपिङ ढुक्क बनाउन इसेवाले नयाँ फिचर ‘eScrow’ सार्वजनिक गरेको छ । 

इसेवाको मोबाइल एपमै उपलब्ध eScrow फिचरले प्रयोगकर्ताहरूलाई आफ्नो रकम सुरक्षित राख्न र लेनदेन प्रक्रियामा सुनिश्चितता प्रदान गर्न मद्दत गर्ने कम्पनीको भनाइ छ । यो फिचर विशेष अनलाइन सपिङ समय अथवा अग्रिम भुक्तानी हुने ठगी रोक्न उपयोगी हुन सक्ने जनाइएको छ । इसेवाले ग्राहकहरूको रकमलाई थप सुरक्षित राख्न यो नयाँ फिचर सार्वजनिक गरेको हो। 

के हो eScrow सुविधा?
eScrow सुविधाले अनलाइन लेनदेनहरूमा एक तटस्थ तेस्रो पक्षको रूपमा काम गर्छ। यसले खरिदकर्ता र विक्रेताहरूबीच सुरक्षित रकमको आदानप्रदान सुनिश्चित गर्छ। सुरक्षित र भरपर्दो प्लेटफर्म प्रदान गरेर, eScrow ले सम्भावित जोखिमहरूलाई कम गर्छ र अनलाइन सपिङ लागि सुरक्षित वातावरणलाई बढावा दिन्छ।

यो सुविधा अन्तर्गत कुनै पनि लेनदेन समय प्रेषक (पठाउने व्यक्ति) ले प्राप्तकर्ता (पाउने व्यक्ति) लाई पठाएको रकम प्रेषक आफैले आफ्नो खातामा ‘होल्ड’ गरेर राख्न मिल्छ। प्राप्तकर्ताले आफ्नो दायित्व पूरा गरेपछि बल्ल प्रेषकले होल्डमा राखेको रकम प्राप्तकर्ताले पाउन मिल्ने गरी जारी गर्न मिल्छ। यो प्रयोगकर्ताले ‘सेन्ड मनी’ भन्ने फिचरको भित्र प्रयोगमा गर्न सक्छन्। 

उदाहरणको लागि तपाईंले एक अनलाइन स्टोरबाट सामग्री खरिद गर्दै हुनुहुन्छ। त्यसको लागि अग्रिम भुक्तानी गर्नुपर्ने अवस्था छ तर तपाईंले ती स्टोरलाई विश्वास गर्न सक्नुभएको छैन। यस्तोमा तपाईंले त्यो स्टोरले पठाएको जानकारीमा रकम पठाउनु भएपनि पूर्ण रूपमा रकम उनीहरूले पाएका हुँदैनन्। तपाईंले पठाउनु भएको रकम तपाईंकै खातामा होल्डमा हुन्छ। सामग्री पाइसक्नु भएपछि  बल्ल सो रकम जारी (रिलिज) गर्न सक्नुहुन्छ। 

यसको मुख्य उद्देश्य भनेको प्रेषक र प्राप्तकर्ता दुवैलाई रकम स्थानान्तरण अनलाइन सपिङ गर्दा आश्वासन र सुरक्षा प्रदान गर्नु भएको कम्पनीले जनाएको छ । अहिले अनलाइन सपिङ लगायत गर्दा ग्राहकहरू ठगिने प्रवित्ति समेत बढेको अवस्थाका यो सेवा निकै उपयोगी हुने विश्वास लिइएको छ । 

eScrow सुविधा इसेवाको ‘सेन्ड मनी’ भन्ने विकल्पमा नै उपलब्ध रहेको कम्पनीले जनाएको छ। यसले व्यवस्थित कोष स्थानान्तरण सुनिश्चित गर्छ भने अज्ञात प्रयोगकर्ताहरूलाई भुक्तानी गर्दा आफ्नो रकमको पनि सुनिश्चितता यो सुविधा मार्फत गर्न सकिन्छ। 

यो कसरी काम गर्छ?
eScrow सुविधाको प्रयोग गर्न यी प्रक्रिया अपनाउनुहोस‍्: 
१. इसेवाको एपमार्फत आफ्नो खाता लग-इन गर्नुहोस्।
२. होम स्क्रिन मै देखिने ‘Send Money’ विकल्प रोज्नुहोस्।
३. प्राप्तकर्ताको विवरण र पठाउने रकम भर्नुहोस्।
४. सोही पृष्ठमा देखिने eScrow सेवा अन गर्नुहोस्। 

यसो गरेपछि सेवा बापतको शुल्क लाग्ने भन्दै नोटिफेकेसन आउँछ। त्यसलाई ‘मान्य छ’ भन्ने विकल्प रोज्नुहोस्। 

५. आवश्यकता अनुसार थप विवरणहरू भर्नुपर्ने हुन्छ। सम्पूर्ण विवरण भरेर पुष्टि गर्नुहोस्।
यदी तपाईंले इसेवा मार्फत पहिलो पटक कसैलाई रकम पठाउँदै हुनुहुन्छ र यो सुविधा प्रयोग नगर्ने विकल्प रोज्नुभएको छ भने तपाईंलाई eScrow सुविधा प्रयोग गर्न सूचित गरिन्छ। यद्यपि, तपाईंसँग यो सेवा प्रयोग नगर्ने विकल्प पनि छ।
६. ‘Confirm’ बटन रोज्नुहोस्।
यो सुविधा प्रयोग गर्दा २५ हजार रुपैयाँसम्मको सेवा बापत १० र विवाद ह्ययान्डलिङ शुल्क ५० रुपैयाँ लाग्ने जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप