सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंकको सह–प्रवक्तामा अधिकारी नियुक्त

बुधबार, १७ साउन २०८०, १९ : ०५
बुधबार, १७ साउन २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकको सह–प्रवक्ता तथा सूचना अधिकारीमा गभर्नरको कार्यालयका निर्देशक डा.डिल्लीराम पोखरेल नियुक्त भएका छन् ।

बुधबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले २०८० साउन १७ गतेदेखि लगू हुनेगरी पोखरेललाई सह–प्रवक्ताको जिम्मेवारी दिएको जनाएको हो । 

यसअघि सह–प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारीमा नारायण प्रसाद पोखरेल थिए । 

२०५८ सालदेखि राष्ट्र बैंकमा कार्यरत नवयुक्ति सह–प्रवक्ता पोखरेलले जापानको ओसाका साङ्ग्यो विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि (पीएचडी) हासिल गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप