राष्ट्र बैंकको सह–प्रवक्तामा अधिकारी नियुक्त
बुधबार, १७ साउन २०८०, १९ : ०५
काठमाडौँ । नेपाल राष्ट्र बैंकको सह–प्रवक्ता तथा सूचना अधिकारीमा गभर्नरको कार्यालयका निर्देशक डा.डिल्लीराम पोखरेल नियुक्त भएका छन् ।
बुधबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले २०८० साउन १७ गतेदेखि लगू हुनेगरी पोखरेललाई सह–प्रवक्ताको जिम्मेवारी दिएको जनाएको हो ।
यसअघि सह–प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारीमा नारायण प्रसाद पोखरेल थिए ।
२०५८ सालदेखि राष्ट्र बैंकमा कार्यरत नवयुक्ति सह–प्रवक्ता पोखरेलले जापानको ओसाका साङ्ग्यो विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि (पीएचडी) हासिल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रियंका कार्कीको चलचित्र ‘मास्टर्नी’ को टिजर सार्वजनिक
-
साउनको दोस्रो सोमबार पशुपतिसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
-
चितवनमा सडक निर्माण अलपत्र छाड्ने ठेकेदार कम्पनीको ठेक्का अन्त्य
-
सुनसरीका दुई गाउँपालिकामा पनि ५ जना भन्दाबढी भेला हुन निषेध
-
बाढी र पहिरोले देशभरका मुख्य राजमार्ग अवरुद्ध, कहाँ-कहाँ रोकिए सवारी ?
-
सुनसरीमा दुई समुदायको बिचमा झडप, सुरक्षाकर्मीको गोलीबाट एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण