वर्ल्डलिंकले गेमिङ प्याकेज सार्वजनिक गर्दै
काठमाडौँ । वर्ल्डलिंकले पब्जीसँगको सहकार्यमा नयाँ गेमिङ प्याकेज सार्वजनिक गर्ने तयारी गरेको छ। ई-स्पोर्टस् समुदायलाई लक्षित गर्दै इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले गेमिङ प्याकेज ल्याउन लागेको हो।
मोबाइल गेमिङ समुदायका लागि प्रतीक्षित मानिएको उक्त प्याकेज केही ई-स्पोर्टस् खेलाडीले परीक्षणका रूपमा प्रयोग गर्दै आएका थिए। उनीहरूले उक्त प्याकेज प्रयोग गर्दा पब्जीको लेटेन्सी एकदमै न्युन पाएको खुलासा गरेका छन्। उक्त प्याकेज ‘प्रो गेमिङ वाईफाई सिक्स’ राउटरको साथमा उपलब्ध हुने बताइएको छ। जसले गर्दा ई(स्पोर्टसमा अहिले देखिएको लेटेन्सीको समस्या सम्बोधन हुने अपेक्षा गरिएको छ।
गेमिङ प्याकेज बिहीबार राति ८ बजे भर्चुअल रूपमा सार्वजनिक गर्ने तयारी रहेको वर्ल्डलिंक कम्युनिकेशन्सले जनाएको छ। वर्ल्डलिंकको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरेर प्याकेज सार्वजनिक गर्ने कम्पनीको तयारी छ।
कम्पनीका अनुसार पब्जीसँगको सहकार्यमा नेपालमै पहिलोपटक यस्तो प्याकेज ल्याउन लागिएको हो। नेपालमा मोबाइल गेमिङमा सक्रिय प्रयोगकर्ताको सङ्ख्या ४५ लाख हाराहारी छ। जसमध्ये ८० प्रतिशतले मोबाइलबाटै गेम खेल्छन् भने १५ प्रतिशतले पिसीको प्रयोग गर्छन् र ५ प्रतिशतले गेमिङ कन्सोलको प्रयोग गर्छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण