संघीय शिक्षा ऐनको विरुद्धमा सडक आन्दोलन गर्ने राहत शिक्षकहरूको घोषणा
बुधबार, १७ साउन २०८०, २२ : ५४
काठमाडौँ । संघीय शिक्षा ऐनको मस्यौदामा आफूहरूमाथि विभेद गरिएको भन्दै राहत शिक्षकहरूले सडक आन्दोलन गर्ने घोषणा गरेका छन् । आज भरखरै सम्पन्न नेपाल राहत शिक्षक आन्दोलन परिचालन समितिको बैठकले सशक्त सडक आन्दोलन गर्ने निर्णय गरेको हो।
समितिका अध्यक्ष खेमराज अधिकारीको अध्यक्षतामा बसेको बैठकले साउन १८ गते स्पेसल टास्क फोर्सका सम्पूर्ण सदस्यलाई काठमाडौँ बोलाउने निर्णय गरेको छ। त्यस्तै साउन २० गते नेपाल राहत शिक्षक केन्द्रीय समितिको पूर्ण बैठक बोलाइएको छ।
ऐनको मस्यौदा अध्ययन गर्दा राहत शिक्षकहरूका माग र विभिन्न समयमा भएका सम्झौता र सहमति विपरीत पेसाको स्थायित्वको सवालमा चरम विभेद गरेको उनीहरूको आरोप छ।
मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले ऐनको मस्यौदा संसदमा पेस गर्ने निर्णय गरेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण