बोरुसिया डर्टमन्डसँग बराबरीमा रोकियो चेल्सी
काठमाडौँ । प्रि-सिजन टुरअन्तर्गत बिहीबार अमेरिकामा खेलिएको मैत्रीपूर्ण फुटबलमा जर्मन क्लब बोरुसिया डर्टमन्डले इङ्लिस प्रिमियर लिग क्लब चेल्सीलाई बराबरीमा रोकेको छ । बोरुसिया डर्टमन्ड र चेल्सीले १- १ गोलको बराबरी खेलेका हुन् ।
उक्त खेलमा दुबै गोल दोस्रो हाफमा भएको थियो । निर्धारित समयको ८० औं मिनेटमा बोरुसिया डर्टमन्डका लागि मारियस उल्फले पहिलो गोल गरेका थिए । तर, बोरुसिया डर्टमन्डको त्यो अग्रता लामो समय टिक्न सकेन ।
निर्धारित समयको खेल सकिनुभन्दा एक मिनेटअघि चेल्सीले जवाफी गोल फर्काएको थियो । चेल्सीका लागि मासन बरस्टोले जवाफी गोल गरेका थिए । उनी खेलको ८१ औं मिनेटमा निकोलस ज्याक्सनको स्थानमा परिवर्तित खेलाडीका रुपमा मैदानभित्र प्रवेश गरेका थिए ।
यसैगरी स्पेनिस क्लब एट्लेटिको म्याड्रिड र रियल सोसिएडाडबीचको खेल भने गोलरहित बराबरीमा सकियो । स्पेनिस क्लब सेभिलले रियल बेटिसलाई १- ० गोलले हरायो । अर्को खेलमा इटालियन क्लब एएस रोमाले फारेन्सलाई ४- २ गोलले पाखा लगायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण