नेपाल एसबीआई बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
काठमाडौँ । नेपाल एसबीआई बैंकले आज (साउन १८ गते) देखि २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ ।
एसबीआईले १० वर्ष अवधिको ‘९% नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ बिक्री खुला गरेको हो ।
बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २० लाख इकाई ऋणपत्र जारी गरेको हो । यसमध्ये १२ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी ८ लाख इकाई सर्वसाधारणका लागि खुला गरेको हो ।
योमध्ये सामूहिक लगानी कोषलाई ५% अर्थात् ४० हजार इकई ऋणपत्र छुट्याएको छ । यसमा वार्षिक ९% ब्याजदर दिने बैंकले जानकारी दिएको छ । बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । यस ऋणपत्रमा साउन २२ गतेसम्म आवेदन दिन पाइनेछ ।
उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने साउन ३२ गतेसम्म खुला रहनेछ । न्यूनतम २५ इकाईदेखि अधिकतम ८ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण