माओवादी बैठक
माओवादी केन्द्रीय समिति बैठक सुरू
बिहीबार, १८ साउन २०८०, ११ : २६
काठमाडौँ । माओवादी केन्द्रीय समितिको जारी बैठक दोस्रो दिन प्रज्ञाभवन कमलादीमा सुरू भएको छ । बुधबार बसेको बैठकमा अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक र सांगाठनिक प्रतिवेदनमाथि १८ जना सदस्यहरूले आ–आफ्ना धारणा राखेका थिए ।
आजको बैठकमा १५० जना सदस्यहरूले बोल्नका लागि नाम टिपाएको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । सदस्यहरूलाई बोल्नका लागि ५ मिनेटको समय उपलब्धय गराइएको छ ।
बैठकमा अध्यक्षको प्रतिवेदनमा छलफल गर्नुको साथसाथै, समसामायिक राजनीति, विधान सम्मेलन, समाजवादी मोर्चा, कार्यदिशा, कार्यक्रम सम्बन्धमा सदस्यहरूले धारणा राख्नेक्रम जारी छ । बैठक प्रत्येक दिन बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म बस्ने सचिव उपाध्यायले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण