गुल्मीमा भीरबाट लडेर एक महिलाको मृत्यु
गुल्मी । गुल्मीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । घाँस काट्ने क्रममा भीरबाट लडेर महिलाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार मुसिकोट नगरपालिका–४ डाँडाथोक बस्ने ३६ वर्षीया फुलकुमारी नेपालीको मृत्यु भएको हो ।
नेपाली आफ्ना छोरीहरूसँग स्थानीय ढुङ्गेठाँटी हर्लेखानी सामुदायिक वनमा घाँस काट्न गएकी थिइन् । करिब दुई सय मिटर तल खसेकी नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।
घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठको नेतृत्वमा पाँच जनाको टोली घटनास्थलतर्फ गएको जनाइएको छ । मृतकको शव घाँस काट्न गएका स्थानीय महिला मिलेर घरमा ल्याई राखिएको छ । घटनासम्बन्धी थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ । यो घटना बिहान ९ बजे भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र एडीबीबिच २५ अर्ब रुपैयाँको ऋण सम्झौता, खानेपानी र भन्सार सुधारमा खर्च हुने
-
रास्वपाको केन्द्रीय समितिले कहिले पाउँछ पूर्णता ?
-
कोशी प्रदेशको स्वास्थ्य सचिवमा डा. कीर्तिपाल सुवेदी
-
नेप्सेका सीईओको राजीनामा स्वीकृत
-
एनपीएल तेस्रो संस्करणः यी हुन् क्याटोगरी 'सी' अन्तर्गत छानिएका १७ खेलाडी
-
तत्काल बजार भाउ घटाउन मन्त्रीको कडा निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण