नेपाल र एडीबीबिच २५ अर्ब रुपैयाँको ऋण सम्झौता, खानेपानी र भन्सार सुधारमा खर्च हुने
काठमाडौँ । नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी) बिच २२ अर्ब रुपैयाँ (१६ करोड ५० लाख अमेरिकी डलर) बराबरको सहुलीयतपूर्ण ऋण सम्झौता भएको छ ।
सोमबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबिच दुई छुट्टाछुट्टै आयोजनाका लागि उक्त ऋण सम्झौतामा हस्ताक्षर भएको हो ।
एडीबीका अध्यक्ष मासातो कान्डाको नेपाल भ्रमणको अवसरमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अध्यक्ष कान्डाको उपस्थितिमा सो सम्झौता भएको अर्थमन्त्रालयले जनाएको छ । सम्झौतापत्रमा नेपाल सरकारका तर्फबाट अर्थ सचिव डा. घनश्याम उपाध्याय र एसियाली विकास बैंकका तर्फबाट नेपालस्थित आवासीय नियोगका देशीय निर्देशक आनो कुश्वाले हस्ताक्षर गरेका छन् ।
सरकारले यो ऋण सहयोगबाट भन्सार प्रणालीलाई प्रविधिमैत्री बनाउने लक्ष्य राखेको छ । जोखिममा आधारित जाँचपास र सरल प्रक्रियामार्फत व्यापार लागत घटाउने तथा सीमापार व्यापारलाई थप व्यवस्थित र अनुमानयोग्य बनाउन यसले सहयोग पुर्याउने अपेक्षा गरिएको छ । यसबाट स्वदेशमा रोजगारी सिर्जना र क्षेत्रीय मूल्य श्रृङ्खलामा नेपालको पहुँच बढ्ने विश्वास लिइएको छ ।
हस्ताक्षर कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले नेपालको विकासमा एसियाली विकास बैंकले पुर्याउँदै आएको सहयोगको प्रशंसा गरे । उनले आगामी दिनमा यो साझेदारी अझ बलियो हुने विश्वास व्यक्त गरे । त्यस्तै, एडीबीका अध्यक्ष मासातो कान्डाले नेपालसँगको ६ दशक लामो सहकार्यलाई निरन्तरता दिँदै नेपालका विद्यमान आन्तरिक चुनौतीहरूको सामना गर्न र विकासका प्राथमिकताहरूमा सहयोग गर्न एडीबी सधैं तयार रहेको प्रतिबद्धता जनाए ।
कुन कुन आयोजनामा कति लगानी ?
सम्झौता अनुसार कुल रकममध्ये ११ करोड ५० लाख अमेरिकी डलर एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना’ का लागि खर्च गरिनेछ । यो आयोजना मुख्यतया साना तथा मझौला सहरहरूको खानेपानी पूर्वाधार निर्माण र ढल व्यवस्थापनमा केन्द्रित हुनेछ । यसबाट १३ जिल्लाका करिब ८ लाख ५० हजार जनसंख्या लाभान्वित हुने अनुमान गरिएको छ ।
त्यसैगरी, बाँकी ५ करोड अमेरिकी डलर दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग तथा आपूर्ति संयन्त्र सुधार कार्यक्रमअन्तर्गत खर्च गरिनेछ । यो रकम नेपालको भन्सार प्रशासनलाई आधुनिकीकरण गर्न, व्यापार सहजीकरण गर्न र आपूर्ति श्रृङ्खलाको क्षमता अभिवृद्धि गर्न उपयोग गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण