आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नेपालमा जनसंस्था स्थापित भएको गणतन्त्र छैन : पूर्वसभामुख ढुंगाना

बिहीबार, १८ साउन २०८०, १९ : ४९
बिहीबार, १८ साउन २०८०

काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुंगानाले नेपालमा जनसंस्था स्थापित भएको गणतन्त्र नभएको बताएका छन् ।  

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालबाट राजतन्त्र विस्थापित भएपनि जनसंस्था स्थापित हुन नसकेको बताएका हुन् । उनले नेपालमा केवल राजसंस्था विस्थापित भएको गणतन्त्र मात्र भएको बताए । 

ढुंगानाले गणतन्त्रमा जनताको हित हुनुपर्ने भएपनि जनसंस्था र जनप्रतिनिधिहरु व्यापारी भन्दापनि मुनाफाखोर भएका बताए । अहिले अनुचित लाभ लिनका लागि राजनीति गरिरहेका उनको भनाई छ । उनले देश राजसंस्था र जनसंस्था दुवै नभएको संक्रमणकालिन अवस्थामा गुज्रिरहेको बताए ।

ढुंगानाले गणतन्त्रमा नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता निवास जग्गा प्रकरण जस्ता घटनाहरु हुनु नहुने बताए । यी दुई प्रकरणलाई देखाउँदै उनले जनसंस्था र जनताको शासन यस्तो हुन्छ  भन्ने प्रश्न समेत गरे ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप