नेपालमा जनसंस्था स्थापित भएको गणतन्त्र छैन : पूर्वसभामुख ढुंगाना
काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुंगानाले नेपालमा जनसंस्था स्थापित भएको गणतन्त्र नभएको बताएका छन् ।
बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालबाट राजतन्त्र विस्थापित भएपनि जनसंस्था स्थापित हुन नसकेको बताएका हुन् । उनले नेपालमा केवल राजसंस्था विस्थापित भएको गणतन्त्र मात्र भएको बताए ।
ढुंगानाले गणतन्त्रमा जनताको हित हुनुपर्ने भएपनि जनसंस्था र जनप्रतिनिधिहरु व्यापारी भन्दापनि मुनाफाखोर भएका बताए । अहिले अनुचित लाभ लिनका लागि राजनीति गरिरहेका उनको भनाई छ । उनले देश राजसंस्था र जनसंस्था दुवै नभएको संक्रमणकालिन अवस्थामा गुज्रिरहेको बताए ।
ढुंगानाले गणतन्त्रमा नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता निवास जग्गा प्रकरण जस्ता घटनाहरु हुनु नहुने बताए । यी दुई प्रकरणलाई देखाउँदै उनले जनसंस्था र जनताको शासन यस्तो हुन्छ भन्ने प्रश्न समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण