सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बच्चा पढ्न–लेख्न मन गर्दैनन् ? तीन कारण थाहा पाउनुहोस्, फेर्नुहोस् आफ्नो व्यवहार

शुक्रबार, १९ साउन २०८०, ११ : ५५
शुक्रबार, १९ साउन २०८०

‘बच्चा होमवर्क गर्नै मान्दैनन्, पढ्न बस्यो कि त विभिन्न बहाना बनाउने, रुने, कराउने आदि गर्छन्, बच्चालाई पढाउन साह्रै गाह्रो ।’ तपाईंहरु मध्ये कतिलाई यो वाक्य आफ्नै हो जस्तो लाग्यो ? 

बच्चालाई पढ्न तयार बनाउनु एउटा ठुलो काम हो जस्तो धेरैलाई लाग्न सक्छ । अझ कति आमाबुवाले त ‘बच्चाले कक्षामा ध्यान नै दिँदैन’ भनेर शिक्षक शिक्षिकाको गुनासो पनि सुन्नुपर्छ । यस्तो गुनासोले अभिभावकलाई तनावमा त पार्छ नै यसले बच्चालाई पनि एक किसिमको दबाबमा पार्छ । त्यसपछि किताब, कक्षा, पढाई यी सबैलाई बच्चाले तनावको रूपमा हेर्न थाल्छन् । त्यसैले उनीहरू यस्तो माहौलबाट भाग्न थाल्छन्, पढ्न मन नै गर्दैनन्, केही नयाँ सिक्ने आत्मविश्वास पनि गुमाउँछन् । यो साँच्चै नै उनीहरूको उमेरको हिसाबले एक चुनौतीपूर्ण काम हो । 

यी कारणले बच्चा पढ्न चाहँदैनन्

पढ्ने बेला रिसाउँदा

भारतकी पेरेन्टिङ एक्सपर्ट इशिना बी. सादानाले सोसल मिडियामा एउटा पोस्ट गरेर बच्चा खासमा किन पढ्न चाहँदैनन् भनेर जानकारी दिएकी छिन् । तपाईंले बच्चालाई पढाउने बेला कुरै पिच्छे गाली गर्न थाल्नुभयो वा रिसाउनुभयो भने घरको वातावरण नकारात्मक र तनावपूर्ण हुनेछ । त्यसैले बच्चाले पढाइमा ध्यान दिन पाउँदैनन् र यसमा मन लगाउन सक्दैनन् । 

बच्चालाई यस्तो हुनबाट जोगाउने आमाबुवाले आफ्नो व्यवहारमा पनि परिवर्तन गर्नुपर्छ । सबैभन्दा पहिला तपाईंले के गर्नुपर्छ भने पढाइमा चिन्ता र तनावलाई नजोड्नुहोस् । पढ्ने बेला आफूलाई शान्त राख्नुहोस् । बच्चासँग रिसाउँदिन भनेर सङ्कल्प गर्नुहोस् । आफ्नो हाउभाउलाई पनि तपाईंले याद गर्नुहोस् । 

गल्तीमा अधैर्य हुँदा

धेरै आमाबुवाले पढाउने बेला आफ्नो धैर्यता गुमाउँछन् र स–सानो कुरामा बच्चाको कमी निकाल्ने गर्छन् । उदाहरणका लागि केही गल्ती भइरहेको छ भने ‘पढाइमा ध्यान नै छैन । तिमीलाई यो थाहा छ, तर किन फोकस छैन’ भनेर बच्चामाथि विभिन्न आरोप लगाउँछौँ । तर यसो गर्नु गलत हो । 

तपाईंले आफ्नो बच्चालाई बुझ्नुपर्छ । उसको गतिलाई पछ्याउनुहोस् । आफ्नो अपेक्षा यथार्थवादी राख्नुहोस् । अन्य बच्चासँग तुलना गर्ने गल्ती कहिल्यै नगर्नुहोस् । याद राख्नुहोस्, राम्रो अङ्कले मात्रै बच्चाको सफलता र खुसीको ग्यारेन्टी दिँदैन । 

अत्यधिक चिन्ता गर्नु

आमाबुवा बच्चाको पढाइका लागि यति धेरै चिन्तित हुन्छन् कि जति बेला पनि पढाइको मात्रै कुरा गर्छन् । त्यसैले बच्चा पढाइसँग इरिटेट हुन्छन् र पढ्न मन गर्दैनन् । 

अध्ययनलाई रमाइलो र रोचक बनाउनुहोस् । रिसाएर होइन, हाँस्दै पढ्ने बानी बसाल्नुहोस्। यसो गर्दा बच्चाको दिमागले राम्रोसँग काम गर्नेछ र मन लगाएर पढ्नेछन् । 

उनीहरुले ‘मलाई बोर लाग्यो, मन परेन’ भनेका बेला सहानुभूति देखाउनुहोस् । अध्ययनका बेला उनीहरूसँग डिस्कनेक्टेड होइन, कनेक्टेड हुनुहोस् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप