बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्व कर्मचारीको खातामा कम्पनीले तलबको ३६७ गुणा बढी रकम पठाएपछि...

शुक्रबार, १९ साउन २०८०, १५ : ५६
शुक्रबार, १९ साउन २०८०

वास्तविक तलबभन्दा ३६७ गुणा बढी तलब पाएपछि हंगेरीका एक कर्मचारी एकाएक धनी भए । तर कम्पनीले भूलवश यस्तो भएको भन्दै ती कर्मचारीसँग पैसा फिर्ता माग्यो । आफ्नो खातामा यत्तिका रकम आएको देखेपछि ती व्यक्ति लोभिए तसर्थ पैसा फिर्ता गर्न मानेनन् ।

नाम नखुलाइएका ती व्यक्ति हंगेरीका सोमोगी काउन्टीका बासिन्दा हुन् । उनले कापोस्भार नामको कम्पनीमा छोटो समयका लागि काम गरे तर परीक्षण अवधिमा नै उनको जागिर गुम्यो । सो समयमा उनले ९२,५४९ फोरिन्ट्स (हंगेरीको मुद्रा) कमाए जुन २३८ युरो र २६० डलर हो । तर उनको खातामा भने सो रकमको ३६७ गुणा बढी ट्रान्सफर भयो । खासमा यस्तो गल्तीले भएको थियो । ती व्यक्तिले आफ्नो कम्पनीलाई अस्ट्रियन बैङ्कको अकाउन्ट नम्बर दिएका थिए, अस्ट्रियन बैङ्कमा स्थानीय मुद्रा यानि युरोमा पैसा तिर्नुपर्दथ्यो । कम्पनीले फोरिन्ट्सलाई युरोमा बदल्नुको साटो ती व्यक्तिलाई सिधै ९२,५४९ युरो ट्रान्सफर गरिदिए ।

गल्ती भएको थाहा पाउने बित्तिकै हंगेरीको कम्पनीले आफ्ना पूर्व कर्मचारीलाई सम्पर्क गरेर पैसा फिर्ता गरिदिन आग्रह गर्‍यो । यद्यपि, ती व्यक्तिले अस्ट्रियाको उक्त बैङ्कमा आफ्नो पहुँच नभएको भन्दै पैसा फिर्ता गर्न नसक्ने बताए । यो कुरामा यतिमा मात्रै टुङ्गिएन । प्रहरीले अनुसन्धान गर्दा उनले अस्ट्रियाको उक्त बैङ्कबाट १५ हजार पाँच सय युरो निकालेर अर्को बैङ्कमा ट्रान्सफर गरेको पत्ता लाग्यो ।

कापोस्भार जिल्लाको अभियोजन कार्यालयको सहयोगमा कम्पनीले अस्ट्रियन बैङ्कको उनको खातालाई फ्रिज गरिदियो । एचभिजी डट एचयुका अनुसार कम्पनीले ७२ हजार युरो फिर्ता पाउन सफल भएको छ भने अन्य रकम पनि छिट्टै नै प्राप्त गर्ने बताइएको छ ।

उता ती कर्मचारीविरुद्ध भने गैर कानुनी विनियोजनको आरोप लगाइएको छ । यसका लागि उनलाई भारी जरिवानाको जोखिम छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप