शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
विकास निर्माण

सुदूरपश्चिममा जलविद्युतको फड्को, १७५ मेगावाट राष्ट्रिय प्रसारण लाइनमा

शनिबार, २० साउन २०८०, ०८ : १९
शनिबार, २० साउन २०८०

धनगढी । सुदूरपश्चिमबाट व्यावसायिक रुपमा विद्युत उत्पादन सुरु भएको छ । सरकार तथा निजी क्षेत्रको लगानीमा यहाँ विद्युत उत्पादन सुरु भएको हो ।

विद्युत विकास विभागको तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेशबाट १७५.३७ मेगावाट जलविद्युत उत्पादन हुन थालेको छ । यहाँ १० ठूला जलविद्युत आयोजनाबाट सो परिमाणमा जलविद्युतको व्यावसायिक उत्पादन भइरहेको हो ।

दार्चुलास्थित चमेलिया जलविद्युत आयोजनाबाट नेपाल विद्युत प्राधिकरणले ३० मेगावाट जलविद्युत उत्पादन थालेको थियो । त्यसपछि निजी क्षेत्रको लगानीमा ९ वटा ठूला जलविद्युत आयोजना निर्माण सम्पन्न भई १४५.३७ मेगावाट जलविद्युत उत्पादन भइरहेको हो ।

यसै साताबाट अपर चमेलिया जलविद्युत आयोजनाबाट ४० मेगावाट जलविद्युत उत्पादन सुरु भएको जनाइएको छ । अपि पावर कम्पनीले आठ अर्ब रुपैयाँको लागतमा निर्माण गरेको सो आयोजनाको परीक्षण सफल भएपछि साउन ८ मा उद्घाटन गरिएको थियो । 

२०७६ असोज १२ मा विद्युत विकास विभागबाट कन्ट्रक्सन लाइसेन्स पाएको कम्पनीले केही दिनमै आयोजनाबाट व्यावसायिक उत्पादन सुरु गर्ने जनाएको छ । यसैगरी, बझाङको कालंगाडका तीन जलविद्युत आयोजनाबाट ६४.४९ मेगावाट जलविद्युत उत्पादन सुरु भएको छ । कालंगा जलविद्युत आयोजनाबाट १५.३३ मेगावाट र अपर कालंगाडबाट ३८.४६ मेगावाट जलविद्युत २०७९ माघबाट व्यवसायिक उत्पादन सुरु भएको हो । 

दार्चुलाको नौगाड आयोजनाबाट ८.५, डोटीको कापडीगाड आयोजनाबाट ३.३३, दार्चुलाको मकारी गाड आयोजनाबाट १०, दार्चुलाकै अपर नौ गाडबाट ८ र बझाङको सुनिगाड आयोजनाबाट ११.०५ मेगावाट जलविद्युत उत्पादन भइरहेको विद्युत विकास विभागले जनाएको छ । यी आयोजनाहरुको प्रवद्र्धन निजी कम्पनीहरुले गरेका हुन् ।

नीगाड जलविद्युत आयोजनाबाट १०.७ मेगावाट जलविद्यत व्यावसायिक उत्पादनको तयारीमा रहेको कालंगा जलविद्युत प्रालिका निर्देशक वीरेन्द्र मल्लले बताए । उनले कालंगा जलविद्युत प्रालिद्वारा प्रवद्र्वन गरिएको तीनवटै आयोजनाको उत्पादन राष्ट्रिय प्रसारणलाईनमा जोडिसकेको बताए ।

उनले बाटो बन्द भएको कारण विद्युत प्राधिकरणबाट निरीक्षण आउन बाँकी रहेकोले सानीगाडको व्यवसायिक उत्पादन हुन नसकेको जनाए । उनका अनुसार कालंगा जलविद्युत प्रालिले ती आयोजनाहरु निर्माण गर्न १४ अर्ब रुपैयाँ लगानी गरेको छ ।

दार्चुलाको नौगाड आयोजनाबाट ८.५, डोटीको कापडीगाड आयोजनाबाट ३.३३, दार्चुलाको मकारी गाड आयोजनाबाट १०, दार्चुलाकै अपर नौ गाडबाट ८ र बझाङको सुनिगाड आयोजनाबाट ११.०५ मेगावाट जलविद्युत उत्पादन भइरहेको विद्युत विकास विभागले जनाएको छ । यी आयोजनाहरुको प्रवद्र्धन निजी कम्पनीहरुले गरेका हुन् ।

विद्युत प्राधिकरणले चमेलिया जलविद्युत आयोजना निर्माणसँगै १३२ केभीको चमेलिया–बलाँच–अत्तरिया प्रसारणलाईन र शैल्यशिखर नगरपालिका–१, बलाँचमा सबस्टेशन बनाएपछि सुदूरपश्चिममा निजी क्षेत्रले जलविद्युतमा लगानी गर्न थालेका छन् । 

बझाङ र दार्चुलामा उत्पादन हुने जलविद्युत सो सबस्टेशनबाट राष्ट्रिय प्रसारणलाईनमा जोडिने गरेको छ । १३२ केभीको चमेलिया–बलाँच–अत्तरिया प्रसारणलाईनको दोस्रो सर्किटसमेत गत असारबाट सञ्चालनमा आएको छ ।

३ आयोजना निर्माणाधीन
प्रसारणलाईन निर्माणसंगै जलविद्युत उत्पादनमा निजी क्षेत्रको लगानी भित्रिएको सुदूरपश्चिममा निजी क्षेत्रकै लगानीमा तीन वटा जलविद्युत आयोजना निर्माणाधीन छ ।  डोटीको गड्डी गाडमा शैलेश्वरी पावर नेपालले १.५५ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । बाजुराको कोल्टीस्थित बडिगाडमा पायोनियर हाइड्रो प्रालिले ४.५ मेगावाटको आयोजना बनाइरहेको छ । 

निजी कम्पनीहरुले सुदूरपश्चिममा ३५३.१ मेगावाटको आठ आयोजनाको सर्भे गरिरहेका छन् भने तिनले २८.१५ मेगावाटका दुई आयोजना अध्ययनका लागि अनुमति मागेका छन् । भारतको नेशनल हाइड्रोपावर कम्पनी (एनएचपिसि) ले ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजना अध्ययन गरिरहेको छ ।

सुदूरपश्चिममा निर्माण भइरहेको सबैभन्दा ठूलो आयोजना ग्रिड नेपाल कम्पनी प्रालिले चमेलियामा ८५ मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।

यसैगरी, ७८७.०५ मेगावाटका ८ वटा आयोजनाको कन्स्ट्रक्सन लाइसेन्स माग गरी विद्युत विकास विभागमा आवेदन परेको छ । जसमा ७ वटा आयोजनाको निर्माण लाइसेन्स निजी कम्पनीले मागेका छन् । विद्युत प्राधिकरणले २१० मेगावाटको बझाङको चैनपुर सेती जलविद्युत आयोजना निर्माणका लागि अनुमति माग गरेको छ ।

निजी कम्पनीहरुले सुदूरपश्चिममा ३५३.१ मेगावाटको आठ आयोजनाको सर्भे गरिरहेका छन् भने तिनले २८.१५ मेगावाटका दुई आयोजना अध्ययनका लागि अनुमति मागेका छन् । भारतको नेशनल हाइड्रोपावर कम्पनी (एनएचपिसि) ले ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजना अध्ययन गरिरहेको छ ।

नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको अछामको साँफेबगरस्थित २० मेगावाटको बूढीगंगा जलविद्युत आयोजनाका लागि सिभिल तथा हाइड्रो मेकानिकल कार्य गर्नका लागि अन्तरराष्ट्रिय टेण्डर आह्वान गरिएको छ । गतवर्ष सो कार्यका लागि १५ करोड ६० लाख रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी टेण्डर आह्वान गरिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप