मणिपुरमा फेरि हिंसा, तीन जनाको मृत्यु
शनिबार, २० साउन २०८०, १४ : ३५
इमफाल । मणिपुरमा फेरि हिंसा सुरु भएको छ । पछिल्लो हिंसामा दर्जनौँ घरमा आगजनी गरिएको र तीन जनाको मृत्यु भएको खबर छ। घटना विष्णुपुर जिल्लामा भएको स्थानीय प्रहरी प्रवक्ताले जानकारी दिए । मृत्यु हुने तीनै जना मेइती समुदायका थिए ।
यस वर्षको मे महिनाबाट सुरु भएको हिंसामा १८० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने हजारौं मानिस आफ्नो घर छाड्न बाध्य भएका छन् ।
मणिपुरमा मेइती समुदाय र आदिवासी कुकी समुदायबीच तनावको वातावरण छ । कुकी नागरिक समाज समूहका प्रवक्ताले हालै भएको हिंसात्मक घटनाबारे टिप्पणी गर्न नसक्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण