बारामा स्कुले विद्यार्थीहरूमा आँखा पाक्ने समस्या फैलँदै
बारा । आँखा पाक्ने समस्या देखिएपछि बारा जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयहरूले स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । विद्यार्थीहरूमा आँखा पोल्ने, दुख्ने, चिलाउने र रातो भएर पाक्ने समस्या देखिएपछि विद्यालयहरूले स्वास्थ्य शिविर सञ्चालन गरेका हुन् ।
सेन्ट पिटर्स एकेडेमी सिमराका सञ्चालक अमृत श्रेष्ठले ५/६ दिनदेखि विद्यार्थीहरूमा आँखा पाक्ने समस्या देखिन थालेको बताएका । ‘हामीले आँखा पाक्ने समस्या देखिएका विद्यार्थीहरूलाई भोलिदेखि विद्यालय नआउनु अरूलाई सर्छ भन्दा अभिभावकहरू मान्नुभएन, विद्यार्थीलाई पठाउन थाल्नुभएपछि हामीले स्वास्थ्य शिविर नै सञ्चालन गरेका हौँ,’ श्रेष्ठले भने, ‘आँखा पाक्ने समस्या देखेपछि बिहान बेलुका चिसो पानीले धुनुपर्छ भन्ने अभिभावकहरूमा चेतना नहुँदा यो समस्या धेरै विद्यार्थीहरूमा फैलन्छ कि भन्ने चिन्ता छ’ । आँखा पाक्ने रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा अत्यन्तै छिटो सर्ने गरेको श्रेष्ठले जनाएका छन् ।
वीरगञ्ज सामुदायिक आँखा अस्पतालका डा. महेश सिंह धामीले आँखा पाक्ने भाइरल रोग भएको बताए । ‘बिहान, बेलुका चिसो बरफले आँखा सेक्ने, बिरामीको सामान अन्य व्यक्तिले प्रयोग नगर्ने र सामान्य सावधानी अपनाए मात्रै पनि यो रोग सर्नबाट बच्न सकिन्छ,’ डा. धामीले भने ‘गर्मी मौसममा यो समस्या बढी देखिन्छ ।’
अभियान डिजिटल वर्ल्ड प्र.लि.को आर्थिक सहयोगमा वीरगञ्ज आँखा अस्पतालले जीतपुर सिमराका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा आँखा शिविर सञ्चालन गरेको छ ।
जीतपुर सिमरा उपमहानगर स्वास्थ्य शाखाका प्रमुख रवि भाष्करले उपमहानगर भित्रका विद्यालयहरूमा स्वास्थ्य शिविर सञ्चालन नगरिएको तर स्वास्थ्य चौकीहरूमा भने दैनिक २० देखि २५ जना आँखा पाक्ने समस्या लिएर आउने गरेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण