शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँमा पहिरो खस्दा दुईको मृत्यु

आइतबार, २१ साउन २०८०, ०८ : २१
आइतबार, २१ साउन २०८०

काठमाडौँ । काठमाडौँको उत्तरी भेग तारकेश्वर नगरपालिकामा पहिरोले घर पुरिँदा बाबु र छोरीको मृत्यु भएको छ। प्रहरी वृत्त बालाजुका डीएसपी मनोजित कुँवरका अनुसार तारकेश्वर नगरपालिका–५ चो गाउँमा शनिवार राति स्थानीय गणेश तामाङको घर पहिरोले पुर्दा तामाङ र उनकी छोरीको मृत्यु भएको हो। 

उनका अनुसार शनिबार राति करिब ९ बजे माथिबाट खसेको पहिरोले ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीया छोरी आसमा तामाङको मृत्यु भएको छ ।  सो घटनामा परी आमा सञ्जु तामाङ भने घाइते भएकी छिन् । उनको प्राथमिक उपचार गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप