महोत्तरीमा आँखा पाक्ने रोगको प्रकोप भयावह
महोत्तरी । महोत्तरीमा आँखा पाक्ने रोग फैलिएको छ । जिल्लाभर २० हजार भन्दा बढी यो रोगबाट प्रभावित भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
सुरुमा एउटा वा दुवै आँखा सुन्निने र चिलाउन सुरु हुने यो रोग विशेष गरी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको बढी देखिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । उनका अनुसार आँखा रातो हुने, कचेरा लाग्ने, टाँसिने, आँसु बगिरहने र घाम वा उज्यालोमा हेर्न अप्ठ्यारो हुने यो रोगको लक्षण भएको चिकित्सकहरूको भनाइ छ ।
यो रोगको प्रकोप तीव्र रूपमा फैलिएपछि निको नहुन्जेल रोग लागेका विद्यार्थीहरुलाई घरमा राख्न अभिभावकहरूलाई अनुरोध गरेको एभरेस्ट बोर्डिङ्ग बर्दिबासका सञ्चालक अरुण कार्कीले जानकारी दिए । सो रोग फैलने क्रम तीव्र भएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा अझ यो रोग फैलने क्रममा रहेको चिकित्सकहरूले बताएका छन् ।
अहिले जिल्लाका क्लिनिक र अस्पतालहरू आँखा उपचार गराउन आउनेले भरिने गरेको छ । बर्दिबास सरकारी अस्पतालमा मात्र यो रोग उपचार गराउनेको सङ्ख्या दोब्बरले वृद्धि भएको अस्पतालले जनाएको छ ।
जथाभाबी रूपमा आँखा नछुने, आँखा छुनु भन्दा पहिले राम्ररी साबुन पानीले हात सफा गर्ने, सफा पानीले आँखा सफा गर्ने सङ्क्रमितहरूले प्रयोग गरेका तौलिया, रुमाल प्रयोग नगर्ने, व्यक्तिगत सरसफाइमा ध्यान दिन चिकित्सकहरूको सुझाव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण