माओवादी पदाधिकारी बैठक : परिमार्जित प्रतिवेदनको विषयमा छलफल हुने
काठमाडौँ । राजधानीमा जारी केन्द्रीय समिति बैठक समापनको विषयमा छलफल गर्न नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरिएको राजनीतिक तथा संगठनात्मक प्रतिवेदन, परिवर्तित प्रतिवेदन लगायतका विषयमा छलफल भइरहेको सचिव हितराज पाण्डेले जानकारी दिए ।
गत बुधबारदेखि सुरू भएको बैठकमा शनिबार केन्द्रीय सदस्यहरूले अध्यक्षको प्रतिवेदनमाथि आ–आफ्नो धारणा राखेका थिए । आज दिउँसो १ बजे बस्ने बैठकमा प्रचण्डले सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिँदैछन् । बैठकमा बोल्न करिब ४१५ जनाले नाम टिपाएपनि २०० जना बोल्न बाँकी रहेको छ । उनीहरू सबैले बोल्ने आकांक्षा देखाए पछि बैठक शनिबार अबेरसम्म सञ्चालन गरिएको थियो । बोल्न नाम टिपाएका बाँकी सदस्यहरूले आज लिखित जवाफ दिने कार्यसूची रहेको सचिव पाण्डेले जानकारी दिए ।
शनिबार उपमहासचिव वर्षमान पुनले बैठक लम्बिने जानकारी केन्द्रीय सदस्यहरूलाई दिएका थिए । बैठक बस्ने ठाउँ र समय पदाधिकारीले निर्णय गर्ने भनिएको थियो तर अध्यक्ष प्रचण्डले सबैको धारणा समान आएको जानकारी दिँदै बाँकी सदस्यहरूको हकमा लिखित जवाफ पेस गर्न निर्देशन दिएको एक पदाधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण