पहिरोका कारण त्रिभुवन राजपथ अवरुद्ध
आइतबार, २१ साउन २०८०, ११ : १४
मकवानपुर । काठमाडौं-हेटौंडा जोड्ने पुरानो राजमार्ग त्रिभुवन राजपथ अवरुद्ध भएको छ । मकवानपुरको भिमफेदी गाउँपालिका-९ लामिडाँडामा पहिरो खस्दा उक्त सडक खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
आइतबार बिहान ९:३० बजे बजेको समयमा त्रिभुवन राजपथ अन्तर्गतको सो स्थानमा पहिरो खस्दा भैसे हुँदै पालुङ, नौबिसे सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए ।
उनका अनुसार गयराती देखि परेको वर्षाका कारण उकत सडक खण्डमा कारण पहिरो खस्दा यातायात सेवासमेत अवरुद्ध बनेको छ । पहिरो हटाइ सडक खुलाउने कार्य भइरहेको उनले बताए । पहिरो खसेको उक्त स्थान प्रहरी चौकी भैसेबाट १३ किलोमिटर पश्चिम उत्तर पर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण