मन्दिरका लागि गायक योगेश्वर अमात्यले गरे १ सय ८ तोला सुन दान
काठमाडौँ । गायक तथा सङ्गीतकार योगेश्वर अमात्यले १ सय ८ तोला सुन दान गरेका छन् । ललितपुर बुङमतीको कार्यविनायक मन्दिरको सुनको छाना र गजुरका लागि उनले सहयोग गरेका हुन् ।
योगेश्वरले मन्दिरका लागि १ सय ८ तोला सुन दान गरेको मन्दिरका पुजारी सङ्घका अध्यक्ष आशाकाजी तुलाधरले बताए । ‘योगेश्वरले दिएको सहयोगबाट मन्दिरको छाना र गजुरमा सुनको जलप गरिएको छ’ उनले भने ।
योगेश्वरले सिधै सुन भन्दा पनि १ सय ८ तोला सुन बराबरको रकम सहयोग गरेका हुन् । छान र गजुरका लागि काम भएको समयको बजार मूल्यअनुसार हेर्दा उनको सहयोग १ करोड २० लाख ६१ हजार ५ सय ७७ रुपैयाँ बराबर रहेको छ ।
कार्यविनायक मन्दिरमा छाना र गजुर सुधार गर्नका लागि सार्वजनिक रुपमा सहयोगको आह्वान गरिएको थियो । उक्त आह्वान थाहा पाएपछि योगेश्वरले सहयोग गर्नु भएको अध्यक्ष तुलाधरको भनाई छ ।
छाना र गजुरका लागि योगेश्वरको सहयोगमा नेपाल राष्ट्र बैंकको टक्सारबाट सुन झिकाएर पुजारी सङ्घका पदाधिकारी, वडा कार्यालयका प्रतिनिधि, प्रहरी प्रशासन राखेर काम गरिएको छ । जुन अहिले मन्दिरमा राखी सकिएको छ । पुजारी सङ्घका अध्यक्ष तुलाधरका अनुसार मन्दिरका लागि अन्य भक्तजनले पनि सुन दान गरेका छन् । जसले गर्दा केही सुन बचेको छ । उक्त सुन मन्दिरको कोषमा राखिएको तुलाधरले बताए ।
गायक अमात्य अहिले देश बाहिर छन् । सामाजिक सञ्जालमा सुन दानको विषयमा सोध्दा उक्त सहयोग आफू र आफ्नो श्रीमतीको तर्फबाट भएको बताए ।
‘जब सन्ध्या हुन्छ’ गीत मार्फत चर्चित भएका गायक योगेश्वरका थुप्रै चर्चित गीत छन् । जसमध्ये क्या बोर भयो, लैजा चरी, लोग्ने मान्छे भएर, दसैँ नै हो कि यो मेरो दशा सबैको मुखमा झुन्डिन सफल छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण