बंगलादेशमा डुंगा डुब्दा आठ जनाको मृत्यु
आइतबार, २१ साउन २०८०, १४ : ५२
ढाका । बंगलादेशमा वनभोज खाएर घर फर्केकाहरू चढेको डुंगा डुब्दा आठ जनाको मृत्यु भएको छ ।
राजधानी ढाकाबाट ३० किलोमिटर टाढा रहेको मुन्शीगञ्ज जिल्ला भएर बग्ने विशाल पद्मा नदीको सहायक नदीमा शनिबार राति डुंगा पल्टिएको नागरिक रक्षा तथा अग्नि नियन्त्रण कार्यालयका ड्युटी अफिसर रफी अल फारुकले बताएका छन् ।
“अहिलेसम्म स्थानीयवासीको सहयोगमा तीन महिला, तीन बालबालिका र दुई जना पुरुषको शव नदीबाट निकालिएको छ,” फारुकले भनेका छन् ।
खोजमाा संलग्न अधिकारीका अनुसार करिब ४६ यात्रु बोकेको डुंगा राति आठ बजे नदीमा बालुवाले भरिएको डुंगासँग ठोक्किएर पल्टिएको थियो ।
नदी किनारमा डुंगा डुबेकाले अधिकांश यात्रु पौडेर ज्यान जोगाउन सफल भएका थिए भने चार जनालाई जीवितै उद्धार गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका पाइलट धरौटीमा रिहा
-
नेपाललाई भूराजनीतिक भुमरीमा धकेल्ने जोखिम छ : प्रदीप ज्ञवाली
-
डा. गोविन्द केसीसँग छलफल सुरु गरिसकेका छौँ : शिक्षामन्त्री
-
हिमालय जेटको उडान तयारी अन्तिम चरणमा, विभिन्न पदमा रोजगारी खुला
-
‘सडक सुरक्षा सरकार, नागरिक, सञ्चारमाध्यम र सरोकारवालाको साझा दायित्व’
-
चीनमा ६० हजार टन चामल निर्यात गर्दैछ पाकिस्तान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण