एड्भेन्चर खेलका लागि द क्लिफले सुरु गर्यो ‘वाल क्लाइम्बिङ’
काठमाडौँ । एड्भेन्चर खेलहरुका लागि परिचित द क्लिफले कुशमा थप वाल क्लाइम्बिङ सुरु गरेको छ । विभिन्न रेकर्डधारी बन्जी, स्विङ, स्काइ साइक्लिङ लगायत एड्भेन्चर सन्चालनमा ल्याएको क्लिफले नयाँ एड्भेन्चर खेलमा पछिल्लो पटक वाल क्लाइम्बिङ सुरु गरेको हो ।
करिब ३५ फिट अग्लो क्लाइम्बिङ वाल रिसोर्ट परिसरमा निर्माण गरिएको कम्पनीले जनाएको छ ।
बिले गाइडुको मद्दतले वाल चढ्न सकिन्छ । वाल क्लाइम्बिङ गर्दा जुत्ता अनिवार्य रहेको कम्पनीले जनाएको छ । आफ्ना पाहुनालाई नयाँ स्वाद दिन र द क्लिफलाई उत्कृष्ट एड्भेन्चर हब बनाउने उद्देश्यले वाल क्लाइम्बिङ थपिएको कम्पनीका अध्यक्ष राजु कार्कीले जानकारी दिए ।
कति लाग्छ शुल्क?
द क्लिफको ब्रीज प्रवेश शुल्क ५ सय तिरेपछि सोही टिकट देखाएरै पनि वाल क्लाइम्बिङ गर्न सकिने कम्पनीले जनाएको छ । तथापि, टिकट बिना चड्नेले ३ सय रुपैयाँ तिर्ने कम्पनीको भनाइ छ ।
पोखराबाट जम्मा ५५ किलोमिटर दूरीमा रहेको कुश्मा सञ्चालित बञ्जिसहितको स्काई साइक्लिङ, स्वीइङ, लगायत विविध साहसिक खेल खेल्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण