आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

एड्भेन्चर खेलका लागि द क्लिफले सुरु गर्‍यो ‘वाल क्लाइम्बिङ’

आइतबार, २१ साउन २०८०, १६ : ३६
आइतबार, २१ साउन २०८०

काठमाडौँ । एड्भेन्चर खेलहरुका लागि परिचित द क्लिफले कुशमा थप वाल क्लाइम्बिङ सुरु गरेको छ । विभिन्न रेकर्डधारी बन्जी, स्विङ, स्काइ साइक्लिङ लगायत एड्भेन्चर सन्चालनमा ल्याएको क्लिफले नयाँ एड्भेन्चर खेलमा पछिल्लो पटक वाल क्लाइम्बिङ सुरु गरेको हो । 

करिब ३५ फिट अग्लो क्लाइम्बिङ वाल रिसोर्ट परिसरमा निर्माण गरिएको कम्पनीले जनाएको छ । 

बिले गाइडुको मद्दतले वाल चढ्न सकिन्छ । वाल क्लाइम्बिङ गर्दा जुत्ता अनिवार्य रहेको कम्पनीले जनाएको छ । आफ्ना पाहुनालाई नयाँ स्वाद दिन र द क्लिफलाई उत्कृष्ट एड्भेन्चर हब बनाउने उद्देश्यले वाल क्लाइम्बिङ थपिएको कम्पनीका अध्यक्ष राजु कार्कीले जानकारी दिए । 

कति लाग्छ शुल्क?

द क्लिफको ब्रीज प्रवेश शुल्क ५ सय तिरेपछि सोही टिकट देखाएरै पनि वाल क्लाइम्बिङ गर्न सकिने कम्पनीले जनाएको छ । तथापि, टिकट बिना चड्नेले ३ सय रुपैयाँ तिर्ने कम्पनीको भनाइ छ ।

पोखराबाट जम्मा ५५ किलोमिटर दूरीमा रहेको कुश्मा सञ्चालित बञ्जिसहितको स्काई साइक्लिङ, स्वीइङ, लगायत विविध साहसिक खेल खेल्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप