हिमालयन फुटसलको उपाधि क्रिजल फुटबल क्लबलाई
काठमाडौं । काठमाडौंमा सम्पन्न पहिलो हिमालयन फुटसल प्रतियोगिताको उपाधि क्रिजल फुटबल क्लबले जितेको छ । फाइनलमा टिकापुर ग्रिनसिटी फुटबल क्लबलाई ४-१ गोल अन्तरले पराजीत गर्दै क्रिजलले उपाधि जितेको हो ।
विजेता टोली क्रिजल एफसीले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसँगै ट्रफी र मेडल हात पारेको छ । रनर अप बनेको टिकापुर ग्रिनसिटीले ५५ हजार ५ सय ५५ रुपैयाँसँगै रनरअप ट्रफी र मेडल प्राप्त गर्यो । प्रतियोगिताको उत्कृष्ट खेलाडी क्रिजल एफसीका विवश पण्डित घोषित भए उनि एक्लैले फाइनलमा उत्कृष्ट ४ गोल गर्न सफल भएका थिए ।
उत्कृष्ट गोलकिपरको पुरस्कार टिकापुरका सविन जोशीले प्राप्त गरेका छन् । दुबैले समान ५ हजार ५ सय ५५ रुपैयाँ हात पारे । प्रतियोगितामा ११ हजार १ सय ११ रुपैयाँको फेयर प्ले अवार्ड भाटभटेनी हेल्थ क्लबले प्राप्त गर्यो ।
प्रतियोगिताको समापन समारोहमा नेपाली फुटबल टिमका पूर्व कप्तान तथा राष्ट्रिय फुटसल टिमका पूर्व प्रशिक्षक राकेश श्रेष्ठले विजेतालाई ट्रफी प्रदान गरेका थिए ।
हिमालयन फुटबल क्लबको आयोजनामा पहिलोपटक भएको प्रतियोगिता दुई दिनसम्म चलेको थियो । प्रतियोगितामा देशभरबाट ३८ फुटसल टिमले सहभागिता जनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण