शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

हिमालयन फुटसलको उपाधि क्रिजल फुटबल क्लबलाई

आइतबार, २१ साउन २०८०, २० : ३७
आइतबार, २१ साउन २०८०

काठमाडौं । काठमाडौंमा सम्पन्न पहिलो हिमालयन फुटसल प्रतियोगिताको उपाधि क्रिजल फुटबल क्लबले जितेको छ । फाइनलमा टिकापुर ग्रिनसिटी फुटबल क्लबलाई ४-१ गोल अन्तरले पराजीत गर्दै क्रिजलले उपाधि जितेको हो । 

विजेता टोली क्रिजल एफसीले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसँगै ट्रफी र मेडल हात पारेको छ । रनर अप बनेको टिकापुर ग्रिनसिटीले ५५ हजार ५ सय ५५ रुपैयाँसँगै रनरअप ट्रफी र मेडल प्राप्त गर्यो । प्रतियोगिताको उत्कृष्ट खेलाडी क्रिजल एफसीका विवश पण्डित घोषित भए उनि एक्लैले फाइनलमा उत्कृष्ट ४ गोल गर्न सफल भएका थिए । 

उत्कृष्ट गोलकिपरको पुरस्कार टिकापुरका सविन जोशीले प्राप्त गरेका छन् । दुबैले समान  ५ हजार ५ सय ५५ रुपैयाँ हात पारे । प्रतियोगितामा ११ हजार १ सय ११ रुपैयाँको फेयर प्ले अवार्ड भाटभटेनी हेल्थ क्लबले प्राप्त गर्यो ।

प्रतियोगिताको समापन समारोहमा नेपाली फुटबल टिमका पूर्व कप्तान तथा राष्ट्रिय फुटसल टिमका पूर्व प्रशिक्षक राकेश श्रेष्ठले विजेतालाई ट्रफी प्रदान गरेका थिए ।

हिमालयन फुटबल क्लबको आयोजनामा पहिलोपटक भएको प्रतियोगिता दुई दिनसम्म चलेको थियो । प्रतियोगितामा देशभरबाट ३८ फुटसल टिमले सहभागिता जनाएका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप