योगी आदित्यनाथमाथि अभद्र टिप्पणीको आरोपमा ह्वाट्सएप ग्रुपका एड्मिन पक्राउ
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथविरुद्ध ह्वाट्सएप ग्रुपमा अपमानजनक टिप्पणीपछि ग्रुपका एड्मिनलाई पक्राउ गरिएको छ । कोतवाली पुलिस स्टेसनका इन्चार्ज अजय कुमार सेठले समाचार एजेन्सी पीटीआईसँगको कुराकानीमा योगी आदित्यनाथबिरूद्ध गरिएको टिप्पणी अगस्ट ४ मा सोसल मिडियामा भाइरल भएको थियो ।
पक्राउ पर्ने व्यक्ति शाहबुद्दीन अन्सारी हुन् भने टिप्पणी गर्नेको नाम मुस्लिम अन्सारी हुन् । उनी अझै प्रहरीको नियन्त्रणभन्दा बाहिर छन् । अजय कुमार सेठले प्रहरीलाई अगस्ट ४ मा ट्विटरमा यसबारे उजुरी आएको बताए । अपमानजनक टिप्पणीको स्क्रिनसट पनि प्रहरीले प्राप्त गरेको छ ।
उजुरीको आधारमा, शाहबुद्दीन अन्सारी र मुस्लिम अन्सारी विरुद्ध आइपिसी र आइटी ऐनका विभिन्न धाराहरू अन्तर्गत एफआईआर दर्ता गरिएको थियो ।
प्रहरीका अनुसार ह्वाट्सएप ग्रुपको नाम ‘नगर पालिका परिषद् भदोही’ हो, जसमा भदोही नगरपालिका परिषद्का लगभग हरेक सदस्य उपस्थित छन् । यस समूहको उद्देश्य आम जनताले सामना गर्ने समस्याको समाधान गर्नु हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण