आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

योगी आदित्यनाथमाथि अभद्र टिप्पणीको आरोपमा ह्वाट्सएप ग्रुपका एड्मिन पक्राउ

सोमबार, २२ साउन २०८०, १० : ०२
सोमबार, २२ साउन २०८०

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथविरुद्ध ह्वाट्सएप ग्रुपमा अपमानजनक टिप्पणीपछि ग्रुपका एड्मिनलाई पक्राउ गरिएको छ । कोतवाली पुलिस स्टेसनका इन्चार्ज अजय कुमार सेठले समाचार एजेन्सी पीटीआईसँगको कुराकानीमा योगी आदित्यनाथबिरूद्ध गरिएको टिप्पणी अगस्ट ४ मा सोसल मिडियामा भाइरल भएको थियो ।

पक्राउ पर्ने व्यक्ति शाहबुद्दीन अन्सारी हुन् भने टिप्पणी गर्नेको नाम मुस्लिम अन्सारी हुन् ।  उनी अझै प्रहरीको नियन्त्रणभन्दा बाहिर छन् । अजय कुमार सेठले प्रहरीलाई अगस्ट ४ मा ट्विटरमा यसबारे उजुरी आएको बताए । अपमानजनक टिप्पणीको स्क्रिनसट पनि प्रहरीले प्राप्त गरेको छ ।

उजुरीको आधारमा, शाहबुद्दीन अन्सारी र मुस्लिम अन्सारी विरुद्ध आइपिसी र आइटी ऐनका विभिन्न धाराहरू अन्तर्गत एफआईआर दर्ता गरिएको थियो ।

प्रहरीका अनुसार ह्वाट्सएप ग्रुपको नाम ‘नगर पालिका परिषद् भदोही’ हो, जसमा भदोही नगरपालिका परिषद्का लगभग हरेक सदस्य उपस्थित छन् । यस समूहको उद्देश्य आम जनताले सामना गर्ने समस्याको समाधान गर्नु हो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप