सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

जाजरकोट र अछाममा नयाँ प्रजिअ

सोमबार, २२ साउन २०८०, ११ : ०५
सोमबार, २२ साउन २०८०

काठमाडौँ । गृह मन्त्रालयले जाजरकोट र अछाममा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) पठाएको छ। जाजरकोटको रिक्त प्रजिअमा  हाल मन्त्रालयमा कार्यरत उपसचिव सुरेश सुनारले जिम्मेवारी पाएका छन् भने अछाममा शरदकुमार पोखरेललाई पठाइएको छ । 

अछामका प्रजिअ शिवराम न्यौपानेले स्वास्थ समस्याका कारण मन्त्रालयमा सरुवा मागेकोले उनको ठाउँमा मोरङ जिल्ला प्रशासन कार्यालयमा सहायक प्रजिअको रुपमा कार्यरत उपसचिव पोखरेलले जिम्मेवारी पाएका हुन् ।

सुनारले पनि यसअघि मोरङ र बाकेमा  सहायक प्रजिअका रूपमा  काम गरेको अनुभव छ। उनी डोल्पा र बझाङमा प्रजिअ भैसकेका छन् ।

त्यस्तै पोखरेललाई मुगु र दार्चुलाको प्रजिअ भैसकेको अनुभव छ भने उनी राष्ट्रिय परिचयपत्र विभाग तथा प्रहरी किताबखानाको निर्देशक समेत भैसकेका छन् । उनले काठमाडौं, तनहुँ, धनुषा र मोरङमा सहायक प्रजिअको रुपमा जिम्मेवारी पुरा गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप