वैदेशिक रोजगार विभागको अनलाइन श्रम स्वीकृति दिने सिस्टममा समस्या
काठमाडौँ । अनलाइन मार्फत श्रम स्वीकृति प्रदान गर्ने प्रणालीमा एक सातादेखि समस्या आएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गत रहेको फेमिसमा प्राविधिक समस्या आएको हो । जसले गर्दा श्रम स्वीकृति लिने, पुनः श्रम स्वीकृति लिने काममा समस्या भइरहेको छ ।
एक सातादेखि आएको समस्या अझै सल्टिन सकेको छैन् । विभागका महानिर्देशक मदन दहालले प्राविधिक समस्या आएको र टेक्निकल टिमले सल्टाउने काम गरिरहेको बताए । ‘हिजोबाट अलि अलि चलिरहेको छ । आईटीका साथीहरूले समस्या समाधानका लागि लागिरहेका छन् । चाँडै बन्छ होला ।’ दहालले भने ।
अनलाइन सिस्टम बन्द हुँदा हजारौं व्यक्तिहरूको टिकट खेर गएको व्यवसायीहरूको भनाई छ । ‘हजारौं जनाको टिकट काटेर राखिएको थियो । तर, श्रम स्वीकृतिको काम नहुँदा टिकट नै खेर जाने अवस्था आयो । सिस्टम इरर भनेर व्यवसायीलाई दुःख दिने काम भयो ।’ एक व्यवसायीले भने ।
विभागले हाल अनलाइन मार्फत नै श्रम स्वीकृति, तथा पुनः श्रम स्वीकृतिको काम गर्दै आएको छ । सिस्टममा आएको प्राविधिक समस्याका कारण वैदेशिक रोजगारीमा जान लागेका हजारौं श्रमिकहरू समस्यामा परेका छन् । कतिपयको टिकट नै रद्ध गर्नुपर्ने अवस्था आएको छ । विभागले चाडै समस्याको समाधान हुने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण