संसद अवरुद्ध
सदनको अवरोध खुलाउने विषयमा सभामुखसहित शीर्ष नेता पुनः छलफलमा
सोमबार, २२ साउन २०८०, १६ : १३

काठमाडौँ । सदनको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेसहित तीन दलका शीर्ष नेताको बैठक पुनः सुरु भएको छ । बानेश्वरस्थित सभामुखको कार्यकक्षमा बैठक सुरु भएको हो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, केपी शर्माओली लगायतको शीर्ष नेताहरु सहभागी छन् ।
यसअघि आजै सिंहदरबारमा भएको छलफलमा सदनको अवरोध खुलाउने विषयमा सहमति हुन सकेको थिएन । सदन खुलाउन र संसदीय समितिको सभापति चयनबारे समेत निर्णयमा पुग्ने दलहरुको तयारी छ ।
आज दिउँसो १ बजेका लागि तय भएको प्रतिनिधिसभा बैठक दलहरुबीचको छलफल नसकिएकाले अपराह्न चार बजेलाई सूचना टाँसेर सारिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु श्रमिक सम्बन्धी महासन्धि सी– १८९ अनुमोदन गर्न श्रममन्त्रीलाई ध्यानाकर्षण
-
इरानको हमलाले इजरायलमा क्षति, तस्बिरहरू
-
फेरिए भक्तपुर र अर्घाखाँचीका सीडीओ
-
८२ दिनपछि फेसबुकमा फर्किए रवीन्द्र, हिरासतमा लेखे ३५ कविता
-
कर्णाली प्रदेश सभा : प्रमुख प्रतिपक्ष दलका सांसद नआएपछि संसद् स्थगित
-
एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीविरुद्ध प्रहरीमा चेक अनादरको जाहेरी