एक क्विन्टल सुन तस्करी प्रकरण: एसपी थापाको कमान्डमा अनुसन्धान सुरु
सोमबार, २२ साउन २०८०, १७ : ३१

काठमाडौँ । एक क्विन्टल सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान सुरु गरेको छ । सीआईबीले एसपी सञ्जयसिंह थापाको कमान्डमा टिम गठन गरेर अनुसन्धान सुरु गरेको हो ।
ब्युरोका अनुसार राजश्व अनुसन्धान विभागले बुझाएको फाइलका साथसाथै म्यानुअल्ली र प्राविधिक कोषबाट अनुसन्धान सुरु गरिएको छ ।
आजै पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट म्याद थप गरिएको पनि सीआईबीले जनाएको छ । यसअघि विभागले उच्च अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाउँदै आएको थियो ।
सुन प्रकरणमा हालसम्म १८ जना पक्राउ परेका छन् । ४ साउनमा त्रिभुवन विमानस्थल भन्सार पास गरेर बाहिरिँदै गरेको उक्त सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।
सो प्रकरणमा विभागले अनुसन्धान गर्दै आए पनि प्रधानमन्त्री तहको निर्देशनमा पछिल्लो समय सीआईबीलाई जिम्मा दिइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखानाथ मन्दिरमा सवा लाख रोट महोत्सव सुरू
-
निजी क्षेत्रका समस्या सम्बोधन गर्न निरन्तर सुधारका काममा भइरहेका छन् : अर्थमन्त्री पौडेल
-
पोखरा विमानस्थल छानबिन प्रतिवेदन : तथ्य एकातिर, निष्कर्ष अर्कैतिर
-
मुलुकी अपराध संहिताको मस्यौदामा व्यापक छलफल आवश्यक : उपाध्यक्ष घिमिरे
-
इ–रिक्सा चलाएर आत्मनिर्भर बन्दै महिला
-
दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु