१० करोडभन्दा बढी कारोबार गर्ने सहकारीलाई तत्काल गोएएमएलमा जान विभागको निर्देशन
काठमाडौँ । बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूलाई अबिलम्ब गोएएमएलमा दर्ता हुन सहकारी विभागले निर्देशन दिएको छ ।
सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ र सो अन्तर्गत बनेका नियमावलीको प्रभावकारी कार्यान्वयनका लागि विभागले सोमबार एक परिपत्र जारी गर्दै तत्काल गोएएमएलमा दर्ता हुन सहकारी संस्थालाई निर्देशन दिएको हो ।
हाल सहकारी संस्थालाई लक्षित गरेर सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी निर्देशन, २०७४ कार्यान्वयनमा छ । उक्त निर्देशनको दफा १९ र १० मा सीमा कारोबार प्रतिवेदन र शङ्कास्पद कारोबार प्रतिवेदन तोकिएको ढाँचामा नेपाल राष्ट्र बैङ्कको वित्तीय जानकारी इकाई (एफआईयू) मा पठाउनुपर्ने हुन्छ । यस अनुरूप प्रतिवेदन पठाउँदा १० करोड रुपैयाँभन्दा बढी रकम बचत वा पुँजी भएका बचत तथा ऋणको कार्य गर्ने सहकारी संस्थाहरूले गोएएमएल सिस्टममार्फत पठाउनुपर्ने प्रावधान रहेको छ ।
तर, पटक पटक सचेत गराउँदा समेत सहकारी सङ्घ संस्थाहरूले अटेर गरेको भन्दै विभागले पुनः निर्देशन जारी गरेको हो ।
१० करोड रुपैयाँ भन्दा बढी रकमको कारोबार गरेका (बचत वा पुँजी भएका) बचत तथा ऋणको कार्य गर्ने सहकारी सङ्घ/संस्थाहरुलाई नेपाल राष्ट्र बैङ्कको वित्तीय जानकारी इकाई (एफआईयू) मा रहेको गोएएमएल सिस्टमको टेस्ट इन्भारोमेन्ट तथा प्रोडक्सन इन्भारोमेन्ट मा रजिष्टर्ड भइ वेव/एसएमएलमार्फत सीमा कारोबार प्रतिवेदन, शङ्कास्पद कारोबार प्रतिवेदन र शङ्कास्पद गतिविधि प्रतिवेदनका विवरणहरू प्रणालीमार्फत प्रेषित गर्न विभागले निर्देशन दिएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण