सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

उद्योग वाणिज्य क्षेत्रका चुनौतीको समाधानका लागि  विश्वविद्यालयसँग सहकार्य बढाइने : ढकाल

सोमबार, २२ साउन २०८०, १८ : ४३
सोमबार, २२ साउन २०८०

ललितपुर । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योग वाणिज्य क्षेत्र र विश्वविद्यालय बीचको साझेदारी बढाउनुपर्ने बताएका छन् । यी दुई क्षेत्रबीच सहकार्य हुँदा अनुसन्धान, नवप्रवर्तन र दक्ष जनशक्ति विकासमा  योगदान पुग्ने भएकाले  विश्वविद्यालयहरूसँगको साझेदारीलाई उच्च महत्त्व दिएको बताएका हुन् ।

आज ललितपुरमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै ढकालले यस्तो बताएका हुन् । उनले विज्ञान र प्रविधिको क्षेत्रमा उच्च शिक्षा अध्ययन तथा अनुसन्धानमा समर्पित विश्वविद्यालयसँग साझेदारी गर्न महासंघ तयार रहेको बताए ।

अध्यक्ष ढकालले भने, ‘उद्योग व्यवसाय क्षेत्रमा चुनौती छन् । त्यस्ता चुनौतीहरूको  समाधानका लागी उद्योग वाणिज्य महासंघ र विश्वविद्यालय बिच सहकार्य गर्दा पक्कैपनि नयाँ बाटो खुल्ने छ र यसबाट अन्य क्षेत्र पनि साझेदारीका लागि प्रेरित हुने छ ।’ 

अध्यक्ष ढकालले महासंघ र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबीच  डेढ दर्जन क्षेत्रहरूमा साझेदारी गर्न सकिने पनि उल्लेख गरे ।

यसै गरी महासङ्घ व्यावसायिक संस्था मात्र नभई सरकार र सरोकारवालाहरुलाई सल्लाह दिने थिंक ट्याङ्क भएकाले विश्वविद्यालयसँग मिलेर संयुक्तरुमा काम गत तयार रहेको ढकालको भनाई छ । उनले बिजनेस इन्क्यूबेटर, एक्सेलेटर र इनोभेसन सेन्टर स्थापना तथा सार्वजनिक निजी विश्वविद्यालय साझेदारीमा विश्व स्तरीय परीक्षण प्रयोगशालाहरू स्थापनामा जोड दिनुपर्ने समेत बताए ।

अध्यक्ष ढकालले यी सबै पहलहरूको लागि मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयसँग सघन साझेदारीका लागि महासंघको तर्फबाट प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप