लम्पी स्किनविरुद्ध काभ्रेमा खोप अभियान
काभ्रे । लम्पी स्किनविरुद्ध काभ्रेपलाञ्चोकमा सहप्ताहव्यापी खोप अभियान सञ्चालन गरिने भएको छ । जिल्लास्थित भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले छ स्थानीय तहमा बिहीबारदेखि पशुचौपायालाई सप्ताहव्यापी खोप कार्यक्रम गर्ने भएको हो ।
एक हप्तामा छ तहमा पाँच हजार पाँच सय डोज भ्याक्सिन लगाइने केन्द्रले जनाएको छ । धुलिखेल नगरपालिका, नमोबुद्ध नगर, तेमाल, खानिखोला, महाभारत, बेथान्चोक गाउँपालिकामा पहिलो चरणमा पाँच हजार पाँच सय पशुचौपायालाई खोप कार्यक्रम आयोजना गरिएको केन्द्रका प्रमुख डा नितेश कार्कीले बताए । उनका अनुसार जिल्लामा ३६ हजार एक सय तीन पशुलाई खोप लगाइसकिएको छ ।
उक्त सङ्क्रमणका कारण जिल्लामा हालसम्म एक हजार दुई सय ७४ वटा पशु मरिसकेका छन् भने २८ हजार छ सय ५६ पशु सङ्क्रमित भएका छन् । उक्त रोगका कारण गाई, गोरु, बाछाबाछी र केही भैँसीसमेत मरेका हुन् । जिल्लामा एक लाख ५१ हजार आठ सय ७३ गाई र एक लाख ४८ हजार छ सय ४० भैँसी छन् । स्वस्थ सबै पशुमा क्रमशः खोप लगाइने कार्कीले बताए ।
यसैबीच दैनिक पशु मर्न थालेपछि धुलिखेल–२ मा कृषकलाई गाई र बाछाबाछीका लागि अलग–अलग राहत दिने निर्णय गरिएको छ । काभ्रेपलाञ्चोकमा २०८० वैशाखमा पहिलोपटक यही वडाबाट लम्पी स्किन रोग देखापरेको तथ्याङ्कले देखाएको छ । हालसम्म उक्त वडामा ६५ गाई मरिसकेको वडाध्यक्ष अर्जुन न्यौपानेले बताए ।
न्यौपानेका अनुसार गाई तथा भैँसी मरेकोलाई प्रतिगोटा रु १० हजार र चार महिना कटेको कोरली बाछी, पाडा तथा पाडी मरेको अवस्थामा रु पाँच हजार उपलब्ध गराउने निर्णय गएिको छ । बिरामी गाईको हकमा ५० प्रतिशत औषधिमा अनुदान उपलब्ध गराउँदै आएको अध्यक्ष न्यौपानेले बताए । यस्तै चौँरीदेउराली गाउँपालिकाले पीडित कृषकलाई प्रतिपशु मरेवापत रु १० हजार तत्कालका लागि राहत दिने निर्णय गरेको छ भने धुलिखेलले बाछी खरिदका लागि साझेदारी गर्ने जनाएको छ ।
उक्त रोग लागेपछि गाई, भैँसीले कचेरा निकाल्ने, सिङ्गान बग्ने, तथा फिँज धेरै निकाल्ने, शरीरका विभिन्न भागमा विशेषगरी घाँटी, पछाडिका खुट्टामा, पेट तथा थुन वरिपरि साना, ठूला गिर्खा तथा फोका देखिन्छ । रोगका कारण पशुबाट २५ देखि ८० प्रतिशतसम्म दूध उत्पादन घट्छ भने पशुको गर्भ तुहिने, मृत्युदर कम भए पनि धेरै पशु बिरामी हुने गर्छन् ।
यो रोगको हालसम्म कुनै ठोस उपचार पत्ता लागेको छैन । लम्पी स्किन सङ्क्रमण सन् १८८८ मा अफ्रिकाबाट सुरु भएको थियो । सन् २०१२ पछि मध्यपूर्व, दक्षिण पूर्वी युरोप, रसिया, काजकिस्तान र बङ्गलादेश हुँदै विसं २०७७ असारमा नेपालको मोरङ जिल्लामा पहिलोपटक देखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण