लगातार तेस्रो दिन घट्यो सुनको मूल्य
मङ्गलबार, २३ साउन २०८०, ११ : २५
काठमाडौं । नेपाल सुनचाँदी महासंघले लगातार दोस्रो दिन सुनको मूल्य घटेर कारोबारमा आएको जनाएको छ । महासंघले हिजोदेखि घट्न थालेको सुनको मूल्य आज पनि घटेको जानकारी दिएको हो ।
हिजो सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको थियो । यस्तै, आज ३०० रुपैयाँले घटेर कारोबारमा आएको महासंघले जनाएको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ५५० रुपैयाँ कायम छ ।
हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ८५० रुपैयाँ कायम थियो ।
सुनको मूल्य घटेको दिन आज चाँदीको मूल्य पनि घटेको छ । महासंघले आज तोलामा २५ रुपैयाँले घटेर १४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोमबार चाँदीको मूल्य तोलामा १४ सय २५ रुपैयाँ कायम थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण