बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

जिमहल बन्द गराउने विप्लव समूहका काठमाडौँ सेक्रेटरी पक्राउ

मङ्गलबार, २३ साउन २०८०, ११ : ५५
मङ्गलबार, २३ साउन २०८०

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका काठमाडौँ जिल्ला सेक्रेटरीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१७ ठहिटी घर भएका दीपक मानन्धरलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा. मनोज केसीले रातोपाटीलाई बताए ।

५२ वर्षीय मानन्धर नेकपा निकट नेवा मोर्चाको काठमाडौँ जिल्ला अध्यक्ष पनि हुन् । रातोपुल स्थित ‘एनआरके जिमहल’ बन्द गराएको आरोपमा उनलाई पक्राउ गरिएको एसएसपी केसीले जानकारी दिए । जिमहलमा विवाद भएको भन्दै मानन्धरले आफ्नो पार्टीको ‘पीडित र न्याय विभागमा सम्पर्क गर्नुहोला’ भनेर सूचना टाँस गरेका थिए । 

deepak ....

जिमहलको विवाद मिलाउने अधिकार राजनीतिक दललाई नभए पनि उनले आपराधिक लाभ लिने गरी जिमहल बन्द गराएको आरोप छ । उनीविरुद्ध प्रहरीले ‘आपराधिक लाभ लिन नहुने कसुर’मा अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप