जिमहल बन्द गराउने विप्लव समूहका काठमाडौँ सेक्रेटरी पक्राउ
मङ्गलबार, २३ साउन २०८०, ११ : ५५
काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका काठमाडौँ जिल्ला सेक्रेटरीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१७ ठहिटी घर भएका दीपक मानन्धरलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा. मनोज केसीले रातोपाटीलाई बताए ।
५२ वर्षीय मानन्धर नेकपा निकट नेवा मोर्चाको काठमाडौँ जिल्ला अध्यक्ष पनि हुन् । रातोपुल स्थित ‘एनआरके जिमहल’ बन्द गराएको आरोपमा उनलाई पक्राउ गरिएको एसएसपी केसीले जानकारी दिए । जिमहलमा विवाद भएको भन्दै मानन्धरले आफ्नो पार्टीको ‘पीडित र न्याय विभागमा सम्पर्क गर्नुहोला’ भनेर सूचना टाँस गरेका थिए ।

जिमहलको विवाद मिलाउने अधिकार राजनीतिक दललाई नभए पनि उनले आपराधिक लाभ लिने गरी जिमहल बन्द गराएको आरोप छ । उनीविरुद्ध प्रहरीले ‘आपराधिक लाभ लिन नहुने कसुर’मा अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण