एकतर्फी खुल्यो बुटवल-पाल्पा सडक
मङ्गलबार, २३ साउन २०८०, १३ : ०९

बुटवल । पहिरो खसेर मंगलबार बिहानैदेखि अवरुद्ध भएको सिद्धार्थ राजमार्गको पाल्पा(बुटवल सडक खण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।
राजमार्ग एकतर्फी सञ्चालनमा आएपछि सडकमा रोकिएका सवारी साधनलाई गन्तव्यमा पठाइएको दोभान प्रहरी चौकीले जनाएको छ ।
सिद्धार्थ राजमार्ग भएर तराईबाट पहाड जाने र पहाडबाट तराई झरेका सयौँ सवारी साधन बाटोमै रोकिएका थिए । सिद्ध बाबा सुरुङ मार्ग क्षेत्रको उत्तरतर्फको प्रवेश बिन्दुमा पहिरो खसेपछि राजमार्ग बिहानैदेखि अवरुद्ध भएको थियो ।
सिद्ध बाबा सुरुङ मार्ग आयोजना अन्तर्गत चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले राजमार्गमा खसेको पहिरो पन्छाउन मेसिनले सहयोग गरेकाले छिट्टै एकतर्फी सञ्चालन गर्न सकिएको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेठ ३० गतेदेखि दलित गोलमेच सम्मेलन हुने
-
मातापितालाई सोध्नोस्
-
तरुण दललाई ३ करोड विनियोजन शासन प्रणाली र दलहरूमाथि गम्भीर प्रश्न : महेश बस्नेत
-
मधेसी समाजले मनायो कतारमा बकर इद
-
पैसा नभएकै कारण अस्पतालमा पुगेर उपचार नपाउने अवस्था अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त