एकतर्फी खुल्यो बुटवल-पाल्पा सडक
मङ्गलबार, २३ साउन २०८०, १३ : ०९
बुटवल । पहिरो खसेर मंगलबार बिहानैदेखि अवरुद्ध भएको सिद्धार्थ राजमार्गको पाल्पा(बुटवल सडक खण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।
राजमार्ग एकतर्फी सञ्चालनमा आएपछि सडकमा रोकिएका सवारी साधनलाई गन्तव्यमा पठाइएको दोभान प्रहरी चौकीले जनाएको छ ।
सिद्धार्थ राजमार्ग भएर तराईबाट पहाड जाने र पहाडबाट तराई झरेका सयौँ सवारी साधन बाटोमै रोकिएका थिए । सिद्ध बाबा सुरुङ मार्ग क्षेत्रको उत्तरतर्फको प्रवेश बिन्दुमा पहिरो खसेपछि राजमार्ग बिहानैदेखि अवरुद्ध भएको थियो ।
सिद्ध बाबा सुरुङ मार्ग आयोजना अन्तर्गत चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले राजमार्गमा खसेको पहिरो पन्छाउन मेसिनले सहयोग गरेकाले छिट्टै एकतर्फी सञ्चालन गर्न सकिएको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘५० हजार जरिवानाको कुरा भ्रम मात्रै, जरिवाना तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था’
-
गृहमन्त्री र मिटरब्याज पीडितबिच दोस्रो चरणको वार्ता सम्पन्न, माग पूरा नभए काठमाडौँतर्फको यात्रा अघि बढाउने चेतावनी
-
पूर्वमुख्यमन्त्री रावलको भाइरल भिडियो : के भएकाे थियाे ?
-
जोखिमयुक्त सडक वर्षाको समयमा बन्द गरेर भए पनि नागरिकको सुरक्षा गरिन्छ : मन्त्री लम्साल
-
चार महिनापछि इरानी संसद्मा पहिलो सार्वजनिक बैठक, होर्मुजसम्बन्धी विधेयक दर्ता
-
सांसद ऐन महरलाई कसले दियाे ज्यान मार्ने धम्की ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण