विश्वकपको क्वार्टरफाइनलमा पुग्ने सातौं राष्ट्र बन्यो कोलम्बिया
काठमाडौँ । नवौ महिला विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुग्ने सातौं राष्ट्र कोलम्बिया बनेको छ । कोलम्बियाले मंगलबार खेलिएको प्रिक्वार्टरफाइनल खेलमा जमैकालाई १—० गोलले हराउँदै अन्तिम आठमा स्थान पक्का गरेको हो ।
कोलम्बिया र जमैकाबीचको खेल निकै प्रतिस्पर्धात्मक थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५१औं मिनेटमा कोलम्बियाले निर्णायक गोल गरेको थियो । कोलम्बियाका लागि क्याटालिना उस्मेले गोल गरेकी थिइन् ।
यसअघि आयोजक अस्ट्रेलिया, इङ्ल्यान्ड, स्विडेन, जापान, स्पेन र नेदरल्यान्ड्स प्रतियोगिताको क्वार्टरफाइनलमा पुगिसकेका छन् । अस्ट्रेलिया प्रिक्वार्टरफाइनल खेलमा डेनमार्कलाई २—० गोलले हराउँदै क्वार्टरफाइनलमा पुगेको हो । इङ्ल्यान्ड भने नाइजेरियालाई पेनाल्टी सुटआउटमा ४—२ गोलले हराउँदै क्वार्टरफाइनलमा पुगेको हो ।
यसैगरी प्रिक्वार्टरफाइनलमा स्विडेनले साविक विजेता अमेरिकालाई पेनाल्टी सुटआउटमा ५—४ गोलले हराएको थियो । प्रिक्वार्टरफाइनल चरणका अन्य खेलमा स्पेनले स्विट्जरल्यान्डलाई २—० र जापानले नर्वेलाई ३—१ गोलले हराएका थिए ।
नेदरल्यान्ड्सले भने दक्षिण अफ्रिकालाई २—० गोलले हराएको थियो । प्रतियोगिताको क्वार्टरफाइनलमा स्पेनले नेदरल्यान्ड्सको सामना गर्नेछ । जापानले भने क्वार्टरफाइनलमा स्विडेनलाई प्रतिद्वन्द्वीको रुपमा पाएको छ । कोलम्बियाले क्वार्टरफाइनलमा इङ्ल्यान्डको सामना गर्नेछ । अस्ट्रेलियाको प्रतिद्वन्द्वीको भने टुङ्गो लाग्न बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण