नेपालसँगको सिधा उडान बढाउन चिनियाँ राजदूतसँग अध्यक्ष ढकालको आग्रह
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि चिनिया राजदूत छन सोङबीच भेटवार्ता भएको छ । आज भएको भेटवार्तामा अध्यक्ष ढकालले नेपाल चिनियाँ लगानी र पर्यटनको मुख्य गन्तव्य बन्न सक्ने बताएका छन् ।
नेपालको उत्पादनमूलक क्षेत्र, ऊर्जा, पर्यटन पूर्वाधार लगायतका क्षेत्रमा विदेशी लगानीको राम्रो सम्भावना रहेको तर्पm अध्यक्ष ढकालले राजदूत सोङको ध्यानाकर्षण गराएको महासंघले जनाएको छ । पर्यटन प्रवर्द्धनका लागि चीनका मुख्य सहरबाट नेपालका सबै अन्तर्राष्ट्रिय विमानस्थलहरूमा सिधा उडान आवश्यक रहेकोसमेत ढकालको भनाई छ ।
साना उद्यमशीलता प्रवर्द्धनमा काम गरिरहेको र ती उद्यमीलाई चीनको अवलोकन भ्रमणका लागि राजदूतावासले सहयोग गर्नुपर्ने महासंघको भनाई छ । यसैगरि नेपालमा चिनिया बैंक आउने सक्ने सम्भावना तर्पm पनि अध्यक्ष ढकालले राजदूतसँगको ध्यानाकर्षण गराए । लामो समयदेखि बन्द रहेको तातोपानी नाकाको प्रभावकारी सञ्चालनका लागि पनि चीन सरकारले पहल गर्नुपर्नेमा अध्यक्ष ढकालले जोड दिए ।
भेटका क्रममा राजदूतले नेपालमा लगानी गर्न चिनिया लगानीकर्ता उत्सुक रहेको र नेपालले आवश्यक लगानीको वातावरण बनाउनुपर्ने बताए । उत्पादनमूलक उद्योग, कृषि, ऊर्जा लगायतका क्षेत्रमा चिनिया लगानीकर्ता आकर्षित रहेको बताए । तर, विदेशी लगानी भित्र्याउन सहज वातावरण बनाउनुपर्ने र प्रतिफल सहजै लान सक्ने व्यवस्था गरिनुपर्ने राजदूत सोङको भनाइ थियो ।
चीनमा पनि सुरुमा विदेशी लगानीसँग नीति निर्माता सशङ्कित भए पनि पछि सुधार गर्दै गएको बताए । लगानीकर्तालाई नीतिगत स्थायित्व सहज व्यवहार आवश्यक रहने पनि उनले बताए । चीन विदेशी लगानीकै कारण अहिले संसारकै मुख्य उत्पादक बन्न सकेको उदाहरण राजदूत सोङले प्रस्तुत गरे । यसैगरि, तातोपानी नाका खोल्ने र नेपालमा चिनिया बैंक आउनेबारेमा छलफल भइरहेको जानकारी पनि राजदूत सोगंले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण