गोलढुंगाबाट नक्कली नोटसहित ३ जना पक्राउ
मङ्गलबार, २३ साउन २०८०, २० : ४८

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–५ स्थित गोलढुंगाबाट सशस्त्र प्रहरीले नक्कली नोटसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ घर भएका लक्ष्मी पाण्डे, लमजुङका सुवास गुरुङ र रामेछापको गोकुलगंगा गाउँपालिका घर भएका मदन दमाई छन् ।
गोलढुंगा नगिनी खोलाबाट पक्राउ परेका आरोपितहरूको साथबाट एक हजार दरका १ लाख ८२ हजार नक्कली नोट बरामद गरिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।
सशस्त्रले नोट बनाउन प्रयोग गरिने २ सय थान कागज बरामद गरेको छ । उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागी प्रहरी वृत्त बालाजुमा बुझाइएको डिएसपी थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नो मुटु बचाउन चाहनुहुन्छ ? आजैबाट त्याग्नुस् यी ७ बानी
-
१० महिनामा सरकार फेरिँदैन : गृहमन्त्री लेखक
-
रूसद्वारा घोषित युक्रेनसँगको तीन दिने युद्धविराम आजदेखि लागू
-
सङ्क्रमणकालीन न्यायको विषयलाई सरकारले सम्बोधन गरेरै छोड्छ: गृहमन्त्री लेखक
-
प्रोसेस पाण्डेले कसरी जिते द भ्वाइस अफ नेपालको टाईटल ?
-
नेपालमा सबैभन्दा बढी नयाँ कुष्ठरोगका बिरामीहरु मधेस प्रदेशमा