गोलढुंगाबाट नक्कली नोटसहित ३ जना पक्राउ
मङ्गलबार, २३ साउन २०८०, २० : ४८
काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–५ स्थित गोलढुंगाबाट सशस्त्र प्रहरीले नक्कली नोटसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ घर भएका लक्ष्मी पाण्डे, लमजुङका सुवास गुरुङ र रामेछापको गोकुलगंगा गाउँपालिका घर भएका मदन दमाई छन् ।
गोलढुंगा नगिनी खोलाबाट पक्राउ परेका आरोपितहरूको साथबाट एक हजार दरका १ लाख ८२ हजार नक्कली नोट बरामद गरिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।
सशस्त्रले नोट बनाउन प्रयोग गरिने २ सय थान कागज बरामद गरेको छ । उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागी प्रहरी वृत्त बालाजुमा बुझाइएको डिएसपी थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण